४ जेष्ठ २०८१, शुक्रबार

 

नेकपा माओवादी केन्द्रद्वारा रत्न बहादुर चोखालको स्मृतिमा शोकसभा

बागलुङ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति बागलुङ र नेकपा माओवादी केन्द्र गलकोट नगर समितिको संयुक्त आयोजनामा रत्न बहादुर चोखालको स्मृतिमा शोक सभा आयोजना गरिएको छ ।

शुक्रबार गलकोट नगरपालिका वडा नं ७, मल्ममा आयोजित शोकसभामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पर्वत ईन्चार्ज बलावती शर्माले रत्न बहादुर चोखाल पार्टी प्रति प्रतिवद्ध सदस्य तथा उहाँको सिंगो परिवारले माओवादी आन्दोलनमा ठूलो योगदान गरेको परिवार भएको बताउनु भयो ।

यस शोकको घडिमा रत्न बहादुर चोखालप्रति पार्टीको तर्फबाट भावपूर्ण श्रद्धान्जलि र शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्नु भएको थियो ।

 

रत्न बहादुर चोखाल नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति बागलुङका सदस्य तथा नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष अर्जुन चोखाल, पार्टीका संगठित सदस्य किसान चोखाल, ध्रुव चोखाल र नगर सदस्य गंगा चोखालका पुजनिय बुबा हुनु हुन्छ । चोखालको ८१ वर्षको उमेरमा निधन भएको थियो ।

शोकसभा नेकपा माओवादी केन्द्र गलकोट ईन्चार्ज तथा गलकोट नगरपालिकाका उपमेयर फमलाल निउरेको अध्यक्षता तथा संचालन नेकपा माओवादी केन्द्र गलकोट समितिका कोषाध्यक्ष छुम बहादुर थापाले गर्नु भएको थिया ।

कार्यक्रममा नेकपमा माओवादी केन्द्रका केन्द्रिय सदस्य हरि अधिकारी, केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्जमा गोविन्द पौडेल, केन्द्रीय सस्दय धन प्रसाद सापकोटा, नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य तथा संसदिय दलको प्रमुख सचेतक कुसुम बुढा, नेकपा

माओवादी केन्द्र गण्डकी प्रदेशका उपाध्यक्ष ज्ञामनाथ गैरे अनिल, गण्डकी प्रदेश सदस्य चन्द्र बहादुर थापा शिखर, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन जिल्ला समिति बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, ताराखोला गाउँपालिकाका अध्यक्ष धन बहादुर विक, बागलुङ

नगरपालिकाका उपमेयर राजु खड्का, गलकोट नगरपालिका वडा नं ७ मल्मका वडा अध्यक्ष राज बहादुर थापा, वडा नं ६ का वडा अध्यक्ष राम प्रसाद कँडेल, वाईसेलका केन्द्रिय सचिव नरेश केसी, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय कोषाध्यक्ष भविकला रोका, अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला समिति बागलुङकी संयोजक ललिता थापा, सचिवमा दिल कुमारी पुन, नेकपा

माओवादी केन्द्र ताराखोला गाउँपालिकाका अध्यक्ष दिवश खत्री, गलकोट नगरसमितिका अध्यक्ष चन्द्र दत्त रेग्मी, जनहित मावि, मल्मका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर थापा, धवलागिरि वीरेन्द्र माविका व्यवस्थापन समितिका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन सापकोटा, अखिल क्रान्तिकारी गण्डकी प्रदेशका उपाध्यक्ष जिवन शर्मालगाएतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्