१७ बैशाख २०८१, सोमबार

 

कुशल नागरिक उत्पादन गर्ने दायित्व शिक्षा क्षेत्रको हो : शर्मा

बागलुङ । बागलुङका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख युक्त प्रसाद शर्माले कुशल नागरिक उत्पादन गर्ने दायित्व शिक्षा क्षेत्रको भएको बताउनु भएको छ ।

फ्युचर ब्राइटर आवासीय माध्यमिक विद्यालय बागलुङले राष्ट्रिय वाल दिवस तथा तीज पर्व २०८०को अवसरमा आयोजित नृत्य प्रतियोगिता, शैक्षिक प्रदर्शनी एवं पुरस्कार वितरण समारोहमा बोल्दै शर्माले यस्ता बताउनु भएको हो । शर्माले

बालबालिकाको शिक्षा सुनिश्चित गर्ने कार्यलाई सरकारले प्राथमकितामा राखेको बताउदै पढाइसँगै अतिरिक्त क्रियाकलापमा विद्यालयको सहभागिताले विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्न टेवा पुग्ने धारण राख्नु भयो ।

सो अवसरमा विद्यालयले आयोजना गरेको नृत्य प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थी र विद्यालयले यस अघि संचालन गरेको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो ।

कार्यक्रम विद्यालयका प्रिन्सिपल बालकृष्ण शर्माको अध्यक्षता शिक्षक हुमा खड्काको स्वागत र सुनिता पुरीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्