१७ बैशाख २०८१, सोमबार

 

धवलागिरी वीरन्द्र माविको ६० औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

बागलुङ । धवलागिरी वीरन्द्र माध्यमिक विद्यालय बागलुङ नगरपालिका ३ रात्माटा बागलुङको ६० औं वार्षिकोत्सव एवम् अभिभावक दिवस सम्पन्न भएको छ ।

वार्षिकोत्सव एवम् अभिभावक दिवसको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले किताबी ज्ञान मात्र नभएर अतिरिक्त क्रियाकलापसँगै जीवनोपयोगी शिक्षा र सीपमा पनि विद्यार्थीहरुलाई अग्रसर गराउन आवश्यक रहेको बताउनु भयो ।

नगर उपप्रमुख खड्काले विद्यालयले दिने शिक्षा र संस्कारले विद्यार्थीको भविष्य निर्धारण हुने उल्लेख गर्दै विद्यालयमा आफ्ना बालबच्चालाई भर्ना गरेर मात्र अभिभावकको दायित्व पूरा नहुने हुँदा आफ्ना बालबच्चा र विद्यालयको शिक्षण क्रियाकलापप्रति चासो राख्न आग्रह गर्नु भयो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख युक्त प्रसाद शर्मा, नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेल, नगर कार्यपालिका सदस्य धनमाया शर्मा, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष टिकाराम शर्मा, पूर्वविद्यार्थी पुनम प्रसाद शर्मा, रुद्रेपिपल माध्यमिक विद्यालयका प्रअ राजेश श्रेष्ठ, गणेश आधारभूत विद्यालयका प्रअ सावित्रा घर्ती, विद्यालयका प्राविधिक धारतर्फका संयोजक डा. आशिष सापकोटा लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सो अवसरमा विद्यालयका प्रअ भूमिराज शर्मा गौतमले विद्यालयको वारेमा जानकारी दिनु भएको थियो । कार्यक्रममा विधिन्न प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । त्यस्तै विद्यालयलाई सहयोग गर्ने नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्मा, पूर्व शिक्षक चन्द्रादेवी शर्मा र रेशम सापकोटालाई सम्मान गरिएको थियो ।

धवलागिरी वीरन्द्र माध्यमिक विद्यालय  व्यवस्थापन समितिका अध्यक्ष राजन शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको, स्वागत शिक्षक विजय शर्मा ढुंगानाले र संचालन शिक्षक पूर्णराज रेग्मीले गर्नु भएको थियो ।

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस्