१७ बैशाख २०८१, सोमबार

 

शिक्षा दिवसमा पुरस्कृत हुने क्याम्पस, विद्यालय, शिक्षक, प्राध्यापकको नाम सार्वजनिक

बागलुङ । राष्ट्रिय शिक्षा दिवस, २०८० का अवसरमा आज पुरस्कृत हुने उत्कृष्ट विद्यालय, शिक्षक, कर्मचारी, प्राध्यापक, प्रिन्सिपल लगायतको नामावली सार्वजनिक भएको छ ।

राष्ट्रिय शिक्षा दिवस, २०८० का अवसरमा बागलुङका एक जना सामुदायिक विद्यालयका प्रधानाध्यापक र दुई जना संस्थागत विद्यालयका प्रिन्सिपल पुरस्कृत हुने भएका छन् ।

शिक्षा मन्त्रालयले सार्वजनिक गरेको उत्कृष्ट विद्यालय, प्रधानाध्यापक, प्रिन्सिपलको नामावली अनुसार एक सामुदायिक विद्यालय र दुई जना संस्थागत विद्यालयका प्रधानाध्यापक राष्ट्रिय शिक्षा पुरस्कार – २०८० बाट सम्मानित हुनु भएको हो।

सामुदायिक विद्यालयतर्फ जनप्रेम मावि ताराखोला गाउँपालिका, भुस्कातका प्रधानाध्यापक नइन्द्र बहादुर गुरुङले राष्ट्रिय शिक्षा पुरस्कार पाउने छन् ।

मन्त्रालयका अनुसार बागलुङको चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठ र युनिभर्सल सव–लाईम एकेडेमीका निर्देशक दलबहादुर थापा उक्त पुरस्कारबाट पुरस्कृत हुने भएका छन् । उनीहरु सहित बागलुङबाट १७ जना विभुसित तथा पुरस्कृत हुने भएका हुन् ।

नेपाल विधाभूषण पदक ‘क’ बाट बागलुङका डिल्लिराज गौतम, नारायण चालिसे, केशवराज चालिसे, प्रकाश प्रसाद सापकोटा, लालबहादुर पुन, ध्रुव प्रसाद न्युरे, महाश्रम शर्मा, गंगाधर अधिकारी, विशाल पौडेल र नेत्र प्रसाद शर्मा विभुषित हुँदैछन् ।

स्वास्थ्य कार्यालय बागलुङका कार्यालय प्रमुख प्रविण शर्मा नेपाल विधाभूषण पदक ‘ख’बाट विभुषित हुने भएका छन् । त्यस्तै नेपाल विधाभूषण पदक ‘ख’बाट दिपेश राजभण्डारी र ‘ग’ बाट हरिदत्त जोशीलाई विभुषित गर्न लागिएको शिक्षा मन्त्रालयले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

सरकारले ‘नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका, २०७७’ बमोजिम दिवसको मूल समारोह समितिको पुरस्कार छनोट समितिको सिफारिसमा १७७ जनाको नामावली सार्वजनिक भएको हो ।

यी हुन पुरस्कृत हुने विद्यालय, शिक्षालय र क्याम्पस

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस २०८० का अवसरमा पुरस्कृत हुने विद्यालय, प्राविधिक शिक्षालय, क्याम्पस तथा सङ्घ संस्थाका नामावली सार्वजनिक गरेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार, पुरस्कृत हुने राष्ट्रिय शिल्ड तथा नगद पुरस्कार एक लाखदेखि तीन लाख रुपियाँसम्म प्राप्त गर्ने छन् ।

पुरस्कृत हुने विद्यालय, प्राविधिक शिक्षालय, क्याम्पस तथा सङ्घ संस्थाहरू यस प्रकार छन्

सार्वजनिक विद्यालयतर्फ

१० देशभरका सार्वजनिक (सामुदायिक) विद्यालयमध्येबाट २०७९ सालको माध्यमिक शिक्षा उतीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा राष्ट्रियस्तरमा प्रथम भई राष्ट्रिय शिल्ड, ध्वजा र रू ३,००,०००।–तीन लाख मात्र नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने विद्यालयः श्री कमला माध्यमिक विद्यालय, मैनी, दुधौली–११, सिन्धुली।

२० देशभरका सार्वजनिक (सामुदायिक) विद्यालयमध्येबाट २०७९ सालको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा राष्ट्रिय स्तरमा द्वितीय भई राष्ट्रिय सिल्ड, ध्वजा र रू २,००,०००।–दुई लाख मात्र नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने विद्यालयः श्री कमला माध्यमिक विद्यालय, ढुङ्ग्रेवास, कमलामाई–४, सिन्धुली ।

३० देशभरका सार्वजनिक (सामुदायिक) विद्यालयमध्येबाट २०७९ सालको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा राष्ट्रियस्तरमा तृतीय भई राष्ट्रिय सिल्ड, ध्वजा र रू १,००,०००।–एक लाख मात्र नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने विद्यालयः श्री नारायण माध्यमिक विद्यालय, रुमाल गाँउ, कुमाख –२, सल्यान ।

निजी लगानीका विद्यालयतर्फः

१० देशभरका निजी लगानीका (संस्थागत) विद्यालयमध्येबाट २०७९ सालको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा राष्ट्रिय स्तरमा प्रथम भई राष्ट्रिय शिल्ड, ध्वजा र रू ३,००,०००।–तीन लाख मात्र नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने विद्यालयः श्री प्रसादी एकेडेमी माध्यमिक विद्यालय, तफाल्होः, ललितपुर–५, ललितपुर।

२० देशभरका निजी लगानीका (संस्थागत) विद्यालयमध्येबाट २०७९ सालको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा राष्ट्रिय स्तरमा द्धितीय भै राष्ट्रिय शिल्ड, ध्वजा र रू २,००,०००।–दुई लाख मात्र नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने विद्यालयः श्री सेन्ट जेभियर्स कलेज, माइतिघर, काठमाण्डौ–४, काठमाण्डौ ।

३०देशभरका निजी लगानीका (संस्थागत) विद्यालयमध्येबाट २०७९ सालको माध्यमिक शिक्षा उतीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा राष्ट्रिय स्तरमा तृतीय भै राष्ट्रिय सिल्ड, ध्वजा र रू १,००,०००।–एक लाख मात्र नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने विद्यालयः श्री बूढानीलकण्ठ स्कूल, नारायणस्थान, बूढानीलकण्ठ–५, काठमाडौँ ।

प्राविधिक शिक्षालयतर्फः

१० प्राविधिक शिक्षालयको गुणस्तर तथा क्रियाकलाप राम्रो भएका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट सञ्चालन गरिएको परीक्षासमेतका आधारमा

सर्वोत्कृष्ट नतिजा ल्याउने प्राविधिक शिक्षालयलाई परिषद्ले गरेको मूल्याङ्कन तथा सिफारिसको आधारमा राष्ट्रिय स्तरमा ध्वजा र रू १,००,०००।–९एक लाख मात्र० नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने परिषद्को आङ्गिक शिक्षालयः श्री कोरिया नेपाल बहुप्राविधिक शिक्षालय, तामनगर, रूपन्देही ।

२० प्राविधिक शिक्षालयको गुणस्तर तथा क्रियाकलाप राम्रो भएका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट सञ्चालन गरिएको परीक्षासमेतका आधारमा

सर्वोत्कृष्ट नतिजा ल्याउने प्राविधिक शिक्षालयलाई परिषद्ले गरेको मूल्याङ्कन तथा सिफारिसको आधारमा राष्ट्रिय स्तरमा ध्वजा र रू १,००,०००।–एक लाख मात्र नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने परिषद्बाट सम्बन्धन प्राप्त गरी साझेदारीको रूपमा सञ्चालित शिक्षालयः श्री मनमोहन मेमोरियल पोलिटेक्निक, बुढीगङ्गा, मोरङ ।

३० प्राविधिक शिक्षालयको गुणस्तर तथा क्रियाकलाप राम्रो भएका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट सञ्चालन गरिएको परीक्षासमेतका आधारमा सर्वोत्कृष्ट नतिजा ल्याउने प्राविधिक शिक्षालयलाई परिषद्ले गरेको मूल्याङ्कन तथा सिफारिसको आधारमा राष्ट्रिय स्तरमा ध्वजा र रू १,००,०००।–एक लाख मात्र नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने परिषद्बाट अनुमति प्राप्त गरी निजी स्तरमा प्राविधिक शिक्षा सञ्चालन गर्ने संस्थाः श्री लाईफ लाइन अस्पताल प्रालि, दमक, झापा।

४० शिक्षण संस्थाको गुणस्तर तथा क्रियाकलाप राम्रो भएका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट सञ्चालन गरिएको परीक्षासमेतका आधारमा सर्वोत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने विद्यालषलाई परिषद्ले गरेको मूल्याङ्कन तथा सिफारिसको आधारमा राष्ट्रिय स्तरमा ध्वजा र रू १,००,०००।–एक लाख मात्र नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने सामुदायिक विद्यालयः श्री आदर्श माध्यमिक विद्यालय, विराटनगर, मोरङ्।

५० क्याम्पसतर्फः

१० विश्वविद्यालय अनुदान आयोगले गरेको मूल्याङ्कनका आधारमा विश्वविद्यालयका आङ्गिक क्याम्पसहरूमध्ये राष्ट्रियस्तरमा उत्कृष्ट भई रू २,५०,०००।–दुई लाख पचास हजार मात्र नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने क्याम्पसः श्री पुल्चोक क्याम्पस, ललितपुर ।

२० विश्वविद्यालय अनुदान आयोगले गरेको मूल्याङ्कनका आधारमा विश्वविद्यालयका सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसहरूमध्ये राष्ट्रिय स्तरमा उत्कृष्ट भै रू २,५०,०००।–दुई लाख पचास हजार मात्र नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने क्याम्पसः श्री लुम्बिनी वाणिज्य क्याम्पस, बुटवल, रूपन्देही ।

३० राष्ट्रिय स्तरमा उत्कृष्ट भै रू २,५०,०००।– दुई लाख पचास हजार मात्र नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने क्याम्पसः श्री काठमाण्डौ मोडेल कलेज, बागबजार, काठमाण्डौ।

समाज कल्याण शिक्षा पुरस्कारतर्फ

१०सडक बालबालिका, एचआइभि एड्स संक्रमितका सन्तान, विपन्न, अनाथ, अशक्त तथा असहाय बालबालिकाहरूलाई पालनपोषणसहित शिक्षा प्रदान गरी उल्लेखनीय योगदान पुर्याएका संस्थाहरूमध्ये स्वीकृत मापदण्डको आधारमा छनौट भइ रू ३,००,०००।–तीन लाख मात्र नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नेः श्री एसओएस बालग्राम, मध्यपुर ठिमी–२, भक्तपुर ।

२० सडक बालबालिका, एचआइभि एड्स संक्रमितका सन्तान, विपन्न, अनाथ, अशक्त तथा असहाय बालबालिकाहरूलाई पालनपोषणसहित शिक्षा प्रदान गरी उल्लेखनीय योगदान पुर्याएका संस्थाहरूमध्ये स्वीकृत मापदण्डको आधारमा छनौट भई रू ३,००,०००।– तीन लाख मात्र नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नेः श्री कोपिला भ्याली सेवा समाज, वीरेन्द्रनगर–४, सुर्खेत।

गोरखापत्रदैनिकबाट

प्रतिक्रिया दिनुहोस्