१७ बैशाख २०८१, सोमबार

 

राष्ट्रिय शिक्षा पुरस्कार-२०८० बाट बागलुङका तीन प्रधानाध्यापक पुरस्कृत

बागलुङ । बागलुङका एक जना सामुदायिक विद्यालयका प्रधानाध्यापक र दुई जना संस्थागत विद्यालयका प्रिन्सिपल पुरस्कृत भएका छन् ।

राष्ट्रिय शिक्षा दिवस २०८० का अवसरमा शिक्षा मन्त्रालयले सार्वजनिक गरेको उत्कृष्ट विद्यालय, प्रधानाध्यापक, प्रिन्सिपलको नामावली अनुसार एक सामुदायिक विद्यालय र दुई जना संस्थागत विद्यालयका प्रधानाध्यापक राष्ट्रिय शिक्षा पुरस्कार-२०८० बाट सम्मानित हुनु भएको हो।

सामुदायिक विद्यालयतर्फ जनप्रेम मावि ताराखोला गाउँपालिका, भुस्कातका प्रधानाध्यापक नइन्द्र बहादुर गुरुङले राष्ट्रिय शिक्षा पुरस्कार पाउनु हुने भएको छ।

मन्त्रालयका अनुसार बागलुङको चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल तथा प्याप्सनका केन्द्रीय सदस्य नवराज श्रेष्ठ र युनिभर्सल सव–लाईम एकेडेमीका निर्देशक तथा प्याप्सनका जिल्ला अध्यक्ष दलबहादुर थापा उक्त पुरस्कारबाट पुरस्कृत हुने भएका छन् । उनीहरु सहित बागलुङबाट १७ जना विभुसित तथा पुरस्कृत हुने भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्