१७ बैशाख २०८१, सोमबार

 

विज्ञान शिक्षकहरुलाइ १ दिने अभिमुखिकरण तालिम सम्पन्न

प्रभावकारी शिक्षणकालागी बागलुङ नगरपालिकाका ३ वडाका विज्ञान शिक्षकहरुलाइ १ दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ । बागलुङ नगरपालिका वडा नम्वर ६ को आयोजनामा वडा नम्वर ५,६ र ७ अन्तर्गत माध्यमिक तथा आभारभूत तहका विज्ञान शिक्षकहरुलाई १ दिने अभिमुखिकरण तालिम प्रदान गरिएको हो ।

वडा नम्वर ५ र ७ को समन्वय, मालिका सेवा समाज, रिलाइन्स पब्लिकेशन हाउस प्रालि, मालिका पूर्व विद्यार्थी मञ्च,र लहरेपिपल माविको सहयोगमा आयोजित तालिममा १४ विद्यालयका २२ जना विज्ञान शिक्षक तथा प्रअहरुको सहभागिता रहेको थियो ।

तालिममा प्रश्नपत्र कसरी निर्माण गर्ने, वालमैत्री शिक्षण कसरी गर्ने र कक्षामा विद्यार्थीलाइ पढाइप्रती कसरी आकर्षण गर्ने, विद्यार्थीको मुल्याङकन कसरी गर्ने लगाएतका महत्वपूर्ण विषयमा प्रशिक्षण दिइएको हो । तालिममा रिलाइन्स पब्लिकेसन हाउस प्रालिका विमलेस कुमार झा र मुलपानी माविका प्रअ सुवास कँडेलले सहजिकरण गर्नु भएको थियो ।

तालिम समापन कार्यक्रममा वोल्दै बागलुङ नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष रुद्र बहादुर केसीले विद्यार्थीलाई प्रविधिसँग जोडेर अध्ययन गर्न पाउने वातावरण तयार गर्न यो कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको बताउनु भयो ।

शिक्षकहरुले अब्बल रूपमा आफुलाई निखार्न, सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक रूपमा उतार्न, शिक्षण कलाको प्रयोग गरि अध्यापन गराउन सकेमा राम्रो नतिजा प्राप्त गर्न सकिने बताउनु भयो । कार्यक्रममा वडा नम्वर ५ का वडा अध्यक्ष हरि प्रसाद शर्मा, मुलपानी माविका प्रअ सुवास कँडेल, मालिका सेवा समाजका कोषाध्यक्ष प्रकास केसी, लहरेपिपल माविका प्रअ कृष्ण प्रसाद सुवेदी, मालिका माविका शिक्षक बविता आचार्य, कोरोना एकेडेमीका प्रिन्सिपल सन्तोष बोहरा लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

वडा सदस्य कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मालिका सेवा समाज तथा मालिका पूर्व विद्यार्थी मञ्चका अध्यक्ष जिवननाथ शर्माको स्वागत र मालिका सेवा समाजका सचिव खडानन्द सापकोटाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

वडा नम्वर ५ र ६ मा शिक्षा क्षेत्रको सुधारमा सहयोग गर्दै आएको मालिका सेवा समाज र पूर्व विद्यार्थी मञ्चले विभिन्न संघ सस्थासँग समन्वय गरेर विभिन्न कार्यक्रम संचालन गर्ने जनाएको छ । यस अघि २ वडामा विद्यालयहरुलाई भित्ते घडी हस्तान्त्रण, शिक्षकहरुलाई डायरी, विद्यार्थीको क्षमता प्रस्फुटनको लागि अतिरिक्त क्रियाकलाप , विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्रि हस्तान्त्रण लगाएतका काम पूर्व विद्यार्थी मञ्चले शिक्षाको सुधारमा थप काम गर्ने तयारी गरेको अध्यक्ष जिवननाथ शर्माले जानकारी दिनु भयो ।

May be an image of 6 people, dais and text

May be an image of 8 people and text

May be an image of 9 people and people studying

May be an image of 10 people and people studying

May be an image of 4 people, dais and text that says 'बा.न.पा. .-५,६,७ अन्तर्गतका विद्यालयका माध्यमिक तथा आधारभूत तहका विज्ञान शिक्षकहरुलाई विज्ञान विषयको दिने अभिमुखिकरण तालिम मिति: ०६ असोज २००० स्थान लहरेपिपल मा.वि. को हल गलुड समन्वय बा.न.पा. बा.न.पा.पूर७ सहयोगी संस्था रेलाइन्स ब्लिकेशन हाउस प्रा.लि. समाज लहरापपल मा.व.'

May be an image of 3 people, dais and text that says 'बा.न.पा.-५,६,७ अन्तर्गतका विद्यालयका माध्यमिक तथा आधारभूत तहका विज्ञान शिक्षकहरुलाई विज्ञान विषयको दिने अभिमुखिकरण तालिम मिति ०६ असोज २००० स्थान लहरेपिपल मा.वि. को हल सहयोगी संस्था रिलाइन्स आयोजक बा.न.पा. बागलुड समन्वय बा.न.पा. प्रा.लि. विद्यार्थी मच मालिका लहरपपल मा.वि. 01:6'

May be an image of 4 people and text that says 'बा. ५,६,७ अन्तर्गतका विद्यालयका माध्यमिक तथा आधारभूत तहका विज्ञान शिक्षकहरुलाई विज्ञान विषयको १ दिने अभिमुखिकरण तालिम मिति ०६ असोज २००० स्थान लहरेपिपल मा.वि. को हल सहयोगी संस्था आयोजक वा.न.पा. बागलुड समन्वय बा.न.पा. प्रा.लि. वद्याथी लहरेपिपल लहरेपिपलमा.व.'

प्रतिक्रिया दिनुहोस्