१७ बैशाख २०८१, सोमबार

 

सडकमै सुते आन्दोलनरत राहत शिक्षक

आफूहरूका माग सम्बोधन नभएको भन्दै सडक प्रदर्शनमा उत्रिएका राहत शिक्षकहरूले सोमबार सडकमै सुतेर विरोध जनाएका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको नेतृत्वमा राहत शिक्षकहरूले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म सडकमा सुतेर विरोध जनाएका हुन ।

सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरुको माग संवोधन नगरेको भन्दै राहत शिक्षकहरुले प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् । उनीहरुले ४० हजार राहत शिक्षक, बाल विकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरु आफूहरुसँग आन्दोलनमा रहेको बताएका छन् ।

राहत शिक्षकहरुले शिक्षक महासंघले धोका दिएको भन्दै आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्