१७ बैशाख २०८१, सोमबार

 

लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

बागलुङ । विश्व लगानीकर्ता सप्ताह – २०२३ को अवसरमा नेपाल धितोपत्र बोर्डको आव्हान तथा नेपाल मचेंन्ट बैंकर संघको समन्वयमा ग्लोबल आइएमई क्यापिटल लिद्धारा धवलागिरि बहुमुखी क्याम्पस, बागलुङमा शुक्रबार लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रमको आयोजना गरिएको छ।

पुँजी बजारमा नयाँ लगानीकर्तालाई अवसर प्रदान गर्न तथा पुराना अनुभवी लगानीकर्तालाई थप प्रोत्साहन गर्नको लागि बागलुङमा गरीएको उक्त कार्यक्रमले पूँजी बजारलाई थप अभिबृद्धि गराएको सरोकारवाला हरूले बताएका छन्।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक दिपेश ताम्राकार, ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अध्यक्ष प्रेम

राज जोशी, धवलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा डा राम प्रसाद उपाध्याय, व्यवस्थापक संकायका विभागिय प्रमुख ध्रुव राज गौतम, ग्लोबल आइएमई बैंक लिमिटेड बागलुङका शाखा प्रबन्धक हेमराज शर्माले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

उक्त कार्यक्रमको सहजिकरण ग्लोबल आइएमई क्यापिटल लिमिटेडका नायव प्रबन्धक छविलाल शर्मा पौडेल र अनुसन्धान विभागका अनिल हुमागाईंले गर्नु भएको थियो ।

छलफलमा उठेका प्रश्नहरुमा सवाल जवाफ नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक दिपेश ताम्राकारले गर्नु भएको थियो।

कार्यक्रम ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अध्यक्ष प्रेमराज जोशीको अध्यक्षता, धवलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा डा राम प्रसाद उपाध्यायको प्रमुख आतिथ्यता एवं ग्लोबल आइएमई क्यापिटल लिमिटेडका नायव प्रबन्धक छविलाल शर्मा पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्