१७ बैशाख २०८१, सोमबार

 

सिवाइसी साकोसको १४ औं समृद्धि दिवस मनाइयो

बागलुङ । बागलुङमा केन्द्रिय कार्यलय रहेको सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि बागलुङले आफ्नो १४ औं समृद्धि दिवस मनाएको छ ।

२०६६ चैत २६ गत तत्कालिन सहकारी डिभिजन कार्यालयमा दर्ता भएको सहकारीले २०६७ आश्विन २२ घटनस्थापनाको दिनबाट कारोवार शुभारम्भ गरेको दिनलाई समृद्धि दिवसको रुपमा मनाउने गरेको छ ।

कार्यक्रममा बोल्ने वक्ताहरुले सदस्य माझ उनीहरुको माग र चाहना अनुरुपका सेवा सुविधाहरु मार्फत सदस्यहरुको सन्तुष्टिमा ध्यान दिएर प्रविधिका माध्यमबाट गुणस्तरीय सेवा प्रवाह गर्न आग्रह गरेका थिए ।

चुनौतिपूर्ण अवस्थामा रहेको सहकारी क्षेत्रको वर्तमान अवस्थामा सिवाईसीले नयाँ र फरक सोचका साथ सहकारीको मर्म, मुल्य, मान्यता र सिद्धान्तमा आधारित रहेर संचालन भएकोले ढुक्कसँग कारोवार गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा सहकारीका सल्लाहकार होम बहादुर हमाल,बद्रिप्रसाद पौडेल, भुमिश्वर गौतम, सिता शर्मा, कृष्णशंकर श्रेष्ठ, लेखा सुपरिवेक्षण समितिका संयोजक पदमपाणी शर्मा,शिक्षा उपसमिति सदस्य ज्ञानेन्द्रराज पन्त, एक्सेस कार्यदल सदस्य तारा बहादुर विक लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा सस्थाको बारेमा जानकारी दिदै प्रमुख कार्यकारी अधिकृत नवराज शर्माले सहकारीको शेयर पुँजी ३९ करोड ३६ लाख ८ हजार, बचत १ अर्व २७ करोड, ११ लाख १९ हजार, कोष ११ करोड ६८ लाख ८७ हजार, लगानीमा रहको ऋण १ अर्व ४४ करोड, ४५ लाख ५ हजार, शेयर लगानी ३ करोड १९ लाख २२ हजार, स्थीर सम्पत्ति ६ करोड १६ लाख ११ हजार, कुल सम्पत्ति २ अर्व ६ करोड ५५ लाख ३४ हजार र तरलता २४.२९ प्रतिशत रहेको बताउनु भयो ।

१४ औं समृद्धि दिवसको अवसरमा असोज मसान्तसम्म २५ वटा सेवाकेन्द्रबाट १ अर्व २७ करोड बचत रहेको सहकारीमा ,३ करोड ३५ लाख बचत बृद्धि गरी १ अर्व ३० करोड ५० लाख पु¥याउने सहकारीका अध्यक्ष चण्डि प्रसाद शर्माले घोषण गर्नु भयो ।

त्यस्तै संस्थाका सबै समिति, उपसमिति, कार्यदल र कर्मचारीहरुले संस्थाले उपलब्ध गराउदैं आएका डिजिटल प्रविधिमा आधारित सेवाहरुमा सहभागी भई सक्रिय कारोबार गर्ने, २५ वटै सेवा केन्द्रहरुको कार्यक्षेत्र अन्तर्गतका सम्भावित क्षेत्रहरु मध्येबाट २-२ वटा गाउँ शहरलाई छनोट गरि असोज महिनाभित्र केन्द्रीय कार्यालयमा सुची पठाउने र केन्द्रीय कार्यालयले सेवा केन्द्रहरुसँग समन्वय गरी १० वटा गाउँ शहरलाई छनोट गर्दै सम्बन्धित पालिकाहरुसँग साझेदारीतामा वातावरणमैत्री नमुना गाउँ विकास कार्यक्रमलाई अगाडी बढाउने घोषणा भएको छ ।

वातावरणमैत्री नमुना गाउँ शहर विकास कार्यक्रमसँगै जोडर लघुउद्यम कार्यक्रम संचालन गर्ने र लघुउद्यम कार्यक्रमका माध्यमबाट यस आर्थिक वर्षमा न्यूनतम ५ सय जना महिला उद्यमशिल शेयर सदस्यहरुको विकास गर्ने पौडेलले घोषणा गर्नु भयो ।

कार्यक्रम सिवाईसी बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष चण्डि प्रसाद शर्मा पौडेलको अध्यक्षता संचालक समिति सदस्य मेषलाल शर्माको स्वागत र संचालक सचितिका सहसचिव सुवास आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

संस्थाको सामाजिक उत्तरदायित्व, सदस्य सुरक्षा, सदस्य लाभ र सुविधा कार्यक्रमहरु अर्धदैहिक राहत, जेष्ठ नागरिक÷एकल महिला पेन्सन, सुत्केरी भेटघाट तथा पोषण सुविधा, जेष्ठ नागरिक औषधि उपचार सुविधा, दुर्घटना राहत सुविधा, आवास सुरक्षा सुविधा, शैक्षिक सुविधा, छात्रवृत्ति, जेष्ठ नागरिक तिर्थाटन, चौरासी पूजा, व्रतवन्धमा भेटघाट, नयाँ दुलही स्वागत, ब्लड कलिङ सेवा दिइरहेको छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस्