३ जेष्ठ २०८१, बिहीबार

 

शिक्षा सुधारमा होमिएको जलजला गाउँपालिका

बागलुङ । पर्वतको जलजल गाउँपालिकाले पालिकाको शिक्षा सुधारलाई पहिलो प्रथामिकता दिएको छ । शैक्षिक सुधारमा लागेको पालिकाले पालिकाका सामुदायिक र नीजि विद्यालयका शिक्षकसँग वृहत अन्तरक्रिया गरेको छ । सो अवसरमा पालिकामा रहेका शिक्षा क्षेत्रको समस्या त्यसको समाधानको विषयमा छलफल भएको थियो ।

पालिकासँगको सिमित श्रोत र साधनको प्रयोग गरी शिक्षा क्षेत्रको सुधारा, गुस्तर वृद्धि र सिकाई उपलव्धी बढाउनको लागि गहन छलफल भएको थियो ।  अन्तक्रियामा जलतला गाउँपालिका ४४ सामुदायिक र ३ सस्थागत विद्यालयका करिव ४ सय शिक्षक सहभागि थिए । सो अवसरमा सिटिएफ नेपालका अध्यक्ष तथा गाउँपालिकाका शिक्षा सल्लाहकार बद्रि दाहलले शैक्षिक गुणस्तर अभिवृद्धि बारे छलफल गरी शैक्षिक क्षेत्रलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा सहजिकरण गर्नु भएको थियो ।

दाहलले शिक्षाको गुरुयोजना बनाइ पालिकालाई शिक्षा क्षेत्रमा नमुना बनाउन आवश्यक रहेको बताउनु भयो । शिक्षकले चाहेमा शिक्षा क्षेत्रमा सुधार गर्न सकिने भन्दै अन्तर्राष्ट्रिय स्तरमामा प्रतिस्प्रर्धा गर्ने सक्ने क्षमताको विद्यार्थी उत्पादन गर्न अव ढिला गर्न नहुने बताउनु भयो। शैक्षिक सुधारका लागि शिक्षकहरु पनि जिम्मेवार बन्न आवश्यक रहेको गाउँपालिका अध्यक्ष राजु प्रसाद आचार्यले बताउनु भयो ।

शैक्षिक क्षेत्रको सुधार योजना निर्माणदेखि कार्यान्वयन सम्म शिक्षक तथा प्रधानाध्यापक, विव्यस अध्यक्ष जिम्मेवार र विद्यार्थी अनुशासित भएमा शिक्षा क्षेत्र गुणस्तरीय बनाउन सहयोग पुग्ने बताउनु भयो । गाउँपालिकाले अब सबै विद्यालयलाई डिजिटल बनाउने र आईसीटीको उच्चतम प्रयोग गरेर गुणस्तरीय शिक्षाका लागि सबै एकजुट हुनुको विकल्प नरहेको बताउनु भयो ।

गाउँपालिकाका हरेक विद्यालयलाई प्रविधिमैत्री बनाउने बताउदै गाउँपालिको शैक्षिक सुधारको लागि जस्तो सुकै काम गर्न तयार रहेको बताउनु भयो । अब जलजलाका हरेक विद्यालयका हरेक कक्षाकोठा डिजिटल बनाउने तयारी गरेको गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताउनु भयो । विभिन्न तालिम मार्फत शिक्षकको प्रविधिमा पहुँच विस्तार गरि युग सुहाउदो शिक्षा प्रदान गर्न गाउँपालिकाले काम गर्ने आचार्यले बताउनु भयो ।

कार्यक्रममा गाउँपालिका जनप्रतिनिधि, शिक्षा समिति, प्रधानाध्यापक विषयगत शिक्षक संयोजक लगायत सहभागी थिए । सो अवसरमा गाउँपालिकाले लिएको त्रैमासीक परिक्षको विस्तृत नतिजा समिक्षा तथा गत शुक्रवार लिएको आइसिटि परिक्षाको नतिजा सार्वजनिक गरिएको थियो ।

गाउँपालिकाका १ सय ६५ शिक्षक सहभागि परिक्षामा फर्से धाईरिङ माविका शिक्षक विनोद पौडेल प्रथम, अमर प्राविका शिक्षक हरि प्रसाद शर्मा द्धितिय, फर्से धाईरिङ माविका शिक्षक डिल्लिराम पौडेल तृतिय, फर्से धाईरिङ माविकै शिक्षक शारदा सुवेदी शान्त्वना भएको गाउँपालिकाका सुचना प्रविधि अधिकृत सुदिप पौडेलले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्