१५ बैशाख २०८१, शनिबार

 

बडिगाड गाउँपालिकाका अध्यक्ष थापा सम्मानित

बागलुङ । बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी सम्मानित हुनु भएको छ । ६८ औं प्रहरी दिवसको अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालयले थापालाई सम्मानित गरेको हो ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी ढंगले कार्यान्वयन गरेको भन्दै थापालाई सम्मान गरिएको हो । पोखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मानपत्रले सम्मान गर्नु भएको थियो ।

बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले गाउँपालिकाको जनसहभागितामुलक दिगो विकास, सामाजिक न्याय र सेवा प्रवाहमा उल्लेखनिय काम गर्नु भएको छ ।

६८ औं प्रहरी दिवसको अवसरमा प्रहरीको सेवा प्रवाहमा सहयोग गर्ने विभिन्न सङ्घ, संस्था र व्यक्तिहरूलाई पनि सम्मानित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्