१७ बैशाख २०८१, सोमबार

 

ग्लोबल आइएमई बैंकको ३५१ औं शाखा बैतडीको पाटनमा

काठमाडौं। ग्लोबल आइएमई बैंकले बैतडीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैतडीको पाटन नगरपालिका – ६ स्थित पाटन बजारमा बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

शाखाको समुद्घाटन पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले गरेका छन् । नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या ३ सय ५१ पुगेको छ। देशका ७७ जिल्लामै बैंकका शाखा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।

बैंकले ३५१ शाखाका साथै ३६९ एटीएम, २७४ शाखारहित बैंकिङ, ६६ वटा एक्सटेन्सन तथा राजस्‍व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट ४५ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा दिंदै आएको छ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याएर देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्