४ जेष्ठ २०८१, शुक्रबार

 

प्रचण्ड भेट्न सिंहदरबारमा ओली, नयाँ भवनको ओलीले गरे अवलोकन

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न सिंहदरबार पुगेका छन् ।

अध्यक्ष ओली मंगलबार मध्यपहाडी लोकमार्ग पदयात्रामा जाँदैछन् भने प्रधानमन्त्री प्रचण्ड कोप सम्मेलनका लागि बुधबार दुबई जाँदैछन् । ओली-प्रचण्ड भेटवार्तामा संक्रमणकालीन न्यायको अन्त्यका लागि टीआरसी विधेयकको टुंगो, गणतन्त्रविरोधी पछिल्ला गतिविधिलगायत समसामयिक विषयमा छलफल भएको छ ।

ओलीले सिंहदरबारको नयाँ भवनबारे प्रधानमन्त्री प्रचण्डसँग जानकारी लिएका थिए। ६ मंसिरमा प्रधानमन्त्री प्रचण्ड सिंहदरबारमा पश्चिमतर्फ रेट्रो फिटिङ भएको भागमा बनाइएको कार्यकक्षमा सरेका थिए ।

उक्त भवन २०७२ को भूकम्पले क्षतिग्रस्त भएको थियो । दुई नेताबीचको भेटवार्ताअघि प्रचण्डले ओलीलाई आफ्नो नयाँ कार्यालय भ्रमण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्