२८ बैशाख २०८१, शुक्रबार

 

सिवाइसी बचत तथा ऋण सहकारीको बेनी सेवा केन्द्रको १४ औं साधारणसभा सम्पन्न

म्याग्दी । सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको बेनी सेवा केन्द्रको साधारणसभा बुधबार बेनीमा सम्पन्न भएको छ । बेनीसहित २५ वटा सेवा केन्द्र रहेको सहकारीको २५ हजार ७३ जना सेयर सदस्य रहेका छन ।

रु। ३९ करोड ४४ लाख ४४ हजार शेयर पुँजी रहेको संस्थामा गत आर्थिक वर्ष २०७९, ८० मा रु एक अरब, ३८ करोड, ४५ लाख एक हजार ५८६ बचत, रु एक अरब ४५ करोड ९३ लाख ७९ हजार ११९ कर्जा लगानी र दायित्व रहित कोषहरुमा रु नौ करोड ४० लाख ८८ हजार ३९२ रकम रहेको साधारणसभामा जानकारी गराइएको थियो ।

साधारणसभामा सिवाइसी सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्माले सेयर सदस्यको दिगो सहभागिता भए सहकारीले सधै प्रगति गर्ने बताउनु भयो ।

गैर वित्तिय सेवाको पहुँच बढाउने अभियान जारी रहने प्रतिवद्धता जनाउनुभयो । सिद्धान्त विपरित चलेका केही सहकारीको समस्यालाई आधार मानेर समग्र सहकारीहरुका विषयमा नकारात्मक टिप्पणी नगर्न र आफ्नो लगानी रहेको संस्थालाई निगरानी गर्न सेयर सदस्यहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा गरिमा विकास बैंकका सञ्चालक दिपेन्द्र कुमार श्रेष्ठ, परामर्शदाताको तर्फबाट मुक्ति ढुङ्गाना र सम्मानित सदस्यको तर्फबाट नवराज पौडेलले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा असल सदस्य विधामा सेहुन रानामगर, दिनेश जिसी, दिलकुमारी शेरचन, कुन्ती क्षेत्री, असल सदस्य परिचयपत्रमा रोजी बुढा जिसी, श्यामकुमारी छन्त्याल, लक्ष्मण शर्मा, केशवराज आचार्य, गैरी देवी रिजाल र नवराज पौडेल सम्मानित हुनुभएको थियो ।

८० वर्ष पुरा गर्नुभएकी बेनपा ४ की कृष्णकुमारी श्रेष्ठ र बेनपा–६ की झरी पाध्यालाई स्वास्थ्य जाँच खर्च वापत रु पाँच हजार प्रदान गरिएको थियो । सहकारीका प्रमुख कार्यकारी अधिकृत नवराज शर्माले प्रगति र वित्तीय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम सिवाईसी सहकारीको बेनी सदस्य सेवा केन्द्र संचालन तथा व्यवस्थापन उपसमिति संयोजक तुलसीनाथ सुवेदीको अध्यक्षता, सह–संयोजक भिमबहादुर श्रेष्ठको स्वागत र कोषाध्यक्ष माधव आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

जलजला अनलाइनबाट

 

प्रतिक्रिया दिनुहोस्