१७ बैशाख २०८१, सोमबार

 

ग्लोबल आइएमई बैंकले एकैसाथ सञ्चालनमा ल्यायो ४ नयाँ शाखा

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले ४ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ।

बैंकले काठमाडौंको बुढानिलकण्ठ, दहचोक, चितवनको शरदपुर र तनहुँको आँबूखैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको बैकले जनाएको छ।

नयाँ शाखाहरुबाट आइतबारदेखि नै सम्पुर्ण बैंकिङ सेवाहरु सुरु गरिएको छ।

बैंकले ३५५ शाखा, ३७६ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४६ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ।

बैंक देशको ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।

 

प्रतिक्रिया दिनुहोस्