१८ बैशाख २०८१, मंगलवार

 

कांग्रेस बागलुङ क्षेत्र नं २ को क्षेत्रीय सम्मेलन मंसिर ३० गते हुने, महामन्त्री शर्मा आउने

बागलुङ । नेपाली कांग्रेस बागलुङ निर्वाचन क्षेत्र नं २ को क्षेत्रीय सम्मेलन मंसिर ३० गते हुने भएको छ । उक्त सम्मेलनको प्रमुख अथितिको रुपमा महामन्त्री विश्व प्रकाश शर्मा आउने टुंगो लागेको क्षेत्रीय सभापति जोकलाल बुढा मगरले जानकारी दिनु भयो ।

सम्मेलनमा क्षेत्र नं २ का ६ पालिकाका ४८ वडाका ८ सय प्रतिनिधिसहित २ हजार कांग्रेसका नेता तथा कार्यकर्ताले सहभागिता जनाउने छन् । ‘हाम्रो संगठन संरचना पालिकादेखि वडा तहसम्म छ, हामीले वडा कमिटीलाई समेत सहभागिताको लागि पत्रचार गरिसकेका छौँ ।’

सम्मेलनमा राजनैतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन पेश गरिनेछ । सम्मेलनमा वैचारिक र राजनीतिक एजेण्डामा छलफल गर्नुको साथै पार्टी संगठनलाई बलियो बनाउने विषयमा गहन विमर्श हुने क्षेत्रीय सभापति जोकलाल बुढा मगरले नयाँ विश्वलाई बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्