१८ बैशाख २०८१, मंगलवार

 

गाँजा खेतीलाई वैधानिकता दिन अध्ययन समिति गठन गरेका छौं : मन्त्री थापा

बागलुङ । गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले गाँजा खेतीलाई वैधानिकता दिनको लागि प्रदेश सरकारले समिति बनाएको बताउनुभएको छ ।

नेपाली काँग्रेस बागलुङ क्षेत्र न २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री थापाले गाँजा खेतीको सम्भाव्यता अध्ययनको लागि प्रदेश सरकारले समिति गठन गरेको बताउनुभएको हो ।

उहाँले लोक्कल रक्सीलाई बैधानिक रुपमा उत्पादन गरेर आर्थिक रुपमा आम्दानी गर्न प्रदेश सरकारले जुटिरहेको बताउनुभएको छ । मलेसिया लगाएत बिभिन्न देशहरुबाट आयत हुने काँठहरुलाई विस्थापित गरि व्यवसायीक रुपमा रुख रोप्ने र त्यसबाट व्यवसाय गर्र्नको लागि प्रदेशको वन ऐन संशोधन गर्न लागिएको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्