१८ बैशाख २०८१, मंगलवार

 

नेपाली कांग्रेस बागलुङ निर्वाचन क्षेत्र नं २ को क्षेत्रीय सम्मेलन सम्पन्न

बागलुङ । नेपाली कांग्रेस बागलुङ निर्वाचन क्षेत्र नं २ को क्षेत्रीय सम्मेलन सम्पन्न भएको छ ।

शनिबार बुर्तिबाङ बजारमा भएको सम्मेलनको प्रमुख अथिति नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापा, केन्द्रिय सदस्य तथा प्रदेश सभा सदस्य चम्पादेवी खड्का, प्रदेस सभा सदस्य तथा जिल्ला सभापति जित बहादुर शेरचन, दोर्ण कुमार कुँवर, डिल्लीराम सुवेदी, दिलमाया पौवी, महाधिवेशन समिति सदस्य टेकराज पौडेल, अर्जुन शेरचन, पूर्वक्षत्रीय सभापति घनश्याम गौतम, नेविसंघका पूर्वकेन्द्रीय उपाध्यक्ष प्रमोहरि गुरागाईले मन्तव्य व्यक्त गरेका थिए ।

सम्मेलनमा क्षेत्र नं २ का ६ पालिकाका ४८ वडाका ८ सय प्रतिनिधिसहित २ हजार कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

सम्मेलनमा क्षेत्रीय सभापति जोकलाल बुढा मगरले राजनैतिक प्रतिवेदन, कोषाध्यक्ष ठक बहादुर विकले आर्थिक प्रतिवेदन प्रतिवेदन पेश गर्नु भएको थियो ।

म्मेलनमा  राजनीतिक एजेण्डा र पार्टीको नीतिमाथि छलफल गर्नुको साथै पार्टी संगठनलाई बलियो बनाउने विषयमा गहन विमर्श भएको क्षेत्रीय सभापति जोकलाल बुढा मगरले नयाँ विश्वलाई बताउनु भयो ।

कार्यक्रम क्षेत्रीय सभापति जोकलाल बुढा मगरको अध्यक्षता र क्षत्रीय सचिव धर्म बहादुर घर्तीको संचालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्