२ जेष्ठ २०८१, बुधबार

 

बडिगाड गाउँपालिकाले पालिकास्तरीय परीक्षा सञ्चालन गर्ने

बागलुङ । बडिगाड गाउँपालिकाले पालिका स्तरीय परीक्षा संचालन गर्ने भएको छ ।

यसअगाडी विद्यालयले परीक्षा आफै लिने गरेको भए पनि गाउँपालिकाले एउटै प्रश्नपत्र बनाएर र एकै समयमा परीक्षा लिने गरी कक्षा ४ देखि १० सम्म परीक्षा सञ्चालन गर्ने तयारी गरेको गाउँपालिकाका शिक्षा अधिकृत पूर्ण बहादुर घर्ती मगरले जानकारी दिनुभयो ।

शैक्षिक गुणस्तर सुधार्न गाउँपालिकाले परीक्षा लिने तरीकामा एक रुपता ल्याउन खोजेको हो ।

आइतबार सम्पन्न प्रधानाध्यापकसँग विद्यार्थी मूल्यांकन र अभिलेखिकरण विषयमा छलफलबाट यस्तो निणर्य गरिएको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले नयाँ विश्वलाई बताउनुभयो ।

छलफल कार्यक्रममा पालिका भित्र रहेका ६५ वटा सामुदायिक विद्यालय र ३ वटा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।

साथै गाउँपालिकाकाले विद्यालयका कम्प्यूटर शिक्षकका लागि ईमिस, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कर, सञ्चय कोष लगायतका अनलाईन भुक्तानी संम्बन्धी तालिम सञ्चालन गर्ने निणर्य पनि गरेको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी, उपाध्यक्ष भिमसेन वन, वडा नं ५ का वडाध्यक्ष विष्णु प्रसाद आचार्य, प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी, शिक्षा अधिकृत पूर्ण बहादुर घर्तीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको संचालन खार माध्यमिक विद्यालयका प्रधानाध्यापक यज्ञदत्त घिमिरेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्