३ जेष्ठ २०८१, बिहीबार

 

बागलुङ नगर-१ मा बालमैत्री स्थानीय शासन वडा समिति एवं बाल सञ्जाल गठन

बागलुङ । बागलुङ नगरपालिका वडा नम्वर – १ मा वडा स्तरीय बालमैत्री स्थानीय शासन वडा समिति एवं बाल संञ्जाल गठन तथा शुभारम्भ कार्यक्रम भएको छ । बागलुङ नगरपालिकाको नगरक्षेत्रलाई बालमैत्री नगरपालिका घोषणा गर्ने अभियान अन्र्तगत बिहीबार बानपा १ रामरेखामा बालमैत्री स्थानीय शासन वडा समिति एवं बाल सञ्जाल गठन गरिएको हो ।

 

वडा भित्रका विद्यालय सहित सरोकारवालाको सहभागितामा ¥याली सहितको कार्यक्रमको आयोजना गरि वडा तहमा गठन गर्नुपर्ने वडा समिति र बाल सञ्जाल गठन गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै समग्र क्षेत्रको विकासका लागि शिक्षानै मुल आधार भएकोले बालबालिकाको शैक्षिक तथा सर्वाङ्गिण विकासका लागि बालमैत्री नगर घोषणा गर्न लागिएको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार बताउनुभयो । नगरप्रमुख श्रेष्ठले सक्षम नेतृत्व उत्पादन गर्नका लागि नगरपालिकाले बालमैत्री स्थानीय शासनको परिकल्पना गरेको बताउनुभयो ।

भावी समाज सभ्य, सुसंस्कृत एवं जिम्मेवार बनाउन तथा बालबालिकालाई हरेक दुर्घटनाबाट बचाउनका लागि बालमैत्री स्थानीय शासन महत्वपुर्ण रहेको चर्चा गर्नुभयो । बाईट

उहाँले बाल अधिकारको विषयमा बागलुङ नगरपालिकाले संविधानले व्यवस्था गरेको नीतिलाई कार्यान्वयन गर्ने बताउनुभयो । श्रेष्ठले कानुनको प्रभावकारी कार्यान्वयनका लागि समेत बालमैत्री स्थानीय शासन निकै महत्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कँडेलले बालमैत्री स्थानीय शासन घोषणा कार्यक्रम नेपाल सरकारले ल्याएको नीति भएको हुँदा यसलाई बागलुङ नगरपालिकाले प्राथमिकतामा राखेर अगाडी बढाएको बताउनुभयो ।

कार्यक्रममा बालमैत्री स्थानीय शासन घोषणाका आधारहरुका बारेमा नगरपालिकाका शिक्षा अधिकृत धनप्रसाद पोखरेलले जानकारी दिनुभयो । सो अवसरमा चिल्ड्रेल लाईफ बोडिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठ र बाल संजालका अध्यक्ष समिर रोकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष जयबहादुर केसीको अध्यक्षतामा बालमैत्री वडा समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा सोम बहादुर बोहोरा, कृष्ण बहादुर कार्की, टिका देवी बोहोरा, शान्ति शर्मा, अनिता राजभण्डारी, कृष्णबहादुर केसी, तेजेन्द्र आचार्य, शम्भु आचार्य, कविराज कार्की, ईन्दीरा शर्मा, धना बोहोरा, समिर रोका, पुजा सापकोटा, सुष्मा गौतम रहनुभएको छ ।

यसैगरी आमन्त्रित सदस्यहरुमा सूर्य लामिछाने, शकुन्तला थापा, कृष्णबहादुर अधिकारी, भोजेन्द्र थापा, राजन शर्मा, रोशन श्रीस दुर्गा बहादुर आचार्य, विष्णु खत्री,धर्मदत्त सापकोटा, कालिका कँडेल र केवि साही रहनुभएको छ ।

यसैगरी समिट रोकाको अध्यक्षतामा वडा स्तरीय बाल संजाल गठन गरिएको छ । समितिको उपाध्यक्षमा जाविक सुवेदी, सचिवमा पुजा सापकोटा, कोषाध्यक्ष रचना डेगा र सहसचिवमा कृष्ण थापा रहेका छन् ।
यसैगरी समितिका सदस्यहरुमा आस्था पौडेल, पवन रायमाझी, प्रतिभा थापा, एञ्जल शाही, गृस्मा बोहरा, श्याम थापा, डेनिस क्षेत्री र आयुस्मा खड्का रहेका छन् ।

कार्यक्रम बागलुङ नगरपालिका वडा नम्वर १ का अध्यक्ष जयबहादुर केसीको अध्यक्षता, शान्ति शर्माको स्वागत मन्तव्य र शिक्षा अधिकृत गौरव रानाको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्