२ जेष्ठ २०८१, बुधबार

 

लिखित प्रमाण विना किन लहरेपिपल माविले धनपति उपाध्यायलाई संस्थापक अध्यक्ष भन्यो ?

बागलुङ । बागलुङ नगरपालिका वडा नम्वर ६ स्थित श्री लहरेपिपल माध्यमिक विद्यालयको पहिले संचालक समितिको अध्यक्षमा ईन्द्रलाल उपाध्याय भएपनि विद्यालयले संस्थापक अध्यक्षमा अरुकै नाम राखेको आरोप लागेको छ ।

विद्यालयका पूर्वशिक्षक समेत रहनु भएका वालकृष्ण आचार्यले आफनो पिता ईन्द्रलाल उपाध्याय विद्यालयको संस्थापक अध्यक्ष भएपनि विद्यालयले सस्थापक अध्यक्ष स्वीकार नगरेको आरोप लगाउनु भएको छ ।

२०१५ मा राष्ट्रिय प्राइमरी स्कुलका रुपमा विद्यालय स्थापना गर्दा आफ्ना वुवा ईन्द्रलाल उपाध्याय अध्यक्ष भएको प्रमाण हुदाँ हुदै विद्यालय प्रशासनले त्यो प्रमाणलाई लत्ताउदै धनपति उपाध्यायलाई संस्थापक अध्यक्ष मानेको आचार्यले नयाँ विश्वलाई बताउनु भयो ।

तत्कालिन जिल्ला शिक्षा निरीक्षक जोशीको रिर्पोटमा अध्यक्षमा ईन्द्रलाल उपाध्याय कै नाम उल्लेख

२०१९ साल फागुन २२ गने तत्कालिन विद्यालय जिल्ला शिक्षा निरीक्षक बलराम जोशीले निरीक्षण गरेको प्रतिवेदनमा संस्थापक अध्यक्षको नाम ईन्द्रलाल उपाध्याय रहेको छ ।

तत्कालिन श्री ५ को सरकार शिक्षा विभाग प्राथमिक स्कुल निरीक्षकको रिपोर्टमा संस्थापक अध्यक्ष ईन्द्रलाल उपाध्याय रहेको त्यति बेलाको कागजातमा उल्लेख छ ।

२०१६ असार २२ मा सव इन्स्पेक्टर अफ स्कुल बागलुङले स्वीकृत दिदा वखत संस्थापक अध्यक्षको नाम ईन्द्रलाल उपाध्याय रहेको प्रमाणको सक्कल विद्यालयमा र प्रतिलिपि आफूसँग सुरक्षित रहेको वालकृष्ण आचार्यले बताउनु भयो ।

२०१६  मा विद्यालयले स्वीकृति पाउदा संचालक समितिको अध्यक्षमा उपाध्याय, सेक्रेटरीमा कार्की र कोषाध्यक्षमा मगर रहेको

२०१६ असार २२ मा विद्यालय स्वीकृति पाउदा संचालक समितिको अध्यक्षको नाम बागलुङ नगरपालिका वडा नं ६ लहरेपिपल निवासी ईन्द्रलाल उपाध्याय, बागलुङ नगरपालिका वडा नं ६ सिम, काफलडाँडा सेक्रेटरीमा मुखिया कर्ण बहादुर कार्की र बागलुङ नगरपालिका वडा नं ६ लमगाउँ निवासी कोषाध्यक्षमा ओविराम थापा मगर गरि ९ सदस्य स्वीकृत गरिएको प्रतिलिपिमा देख्न उल्लेख छ ।

विद्यालयको स्थापना कालमा कहिकतै अभिलेखमानै नभएका धनपति उपाध्यायलाई संस्थापक अध्यक्ष मान्दै आफ्ना वुवालाई २०१९ साल पछिको अध्यक्ष भन्दै विद्यालयले बताउदै आएकोमा आफ्नो आपत्ति रहेको बताउनु भयो ।

धनपती संस्थापक अध्यक्ष भएको लिखित दस्तावेज विद्यालयले अदालतमा पेस गर्न सकेन

विद्यालयले धनपति उपाध्याय संस्थापक अध्यक्ष भएको ऐतिहासिक लिखित प्रमाण अदालत लगाएत कुनै पनि सरोकारवाला निकायमा पेस गर्न सकेको छैन् ।

विद्यालयले २०७३ सालमा पहिलो वार्षिकोत्सव मनाउदा निकालेको प्रतिवेदनमा विद्यालय व्यवस्थापन समितिको अभिलेख २०७३ मा विसं २०१९ फागुण २२ गतेको निरीक्षण प्रतिवेदन अनुसार विद्यालय संचालक समितिको पहिलो अध्यक्ष बागलुङ नगरपालिका ६ लहरेपिपल सौरपानी गाउँ निवासी ईन्द्रलाल उपाध्यायको नै नाम राखिएको छ ।

विद्यालयले २०६२ को स्रोत दर्पणको आधारमा धनपति उपाध्यायलाई संस्थापक अध्यक्ष मानेको

तर विद्यालयले संस्थापक एवंम समाजसेवीहरुको भनाइ तथा २०६२ को स्रोत दर्पण र विगतका विद्यालयका सुधार योजनाको ऐतिहासिक पृष्ठभुमि अनुसार धनपति उपाध्यायलाई संस्थापक अध्यक्ष मानेको छ ।

तर विद्यालयले मानेका कुनै पनि समाजसेवीसँग र विद्यालयसँग धनपति संस्थापक अध्यक्ष भएको ऐतिहासिक लिखित दस्तावेज छैन् ।

विद्यालयले २०७३ सालमा पहिलो पटक वार्षिकोत्सव मनाउदा अभिलेखमा धनपति उपाध्यायको नाम सार्वजनिक गरेपनि आचार्यले जिल्ला शिक्षा कार्यलयमा गुनासो गर्दा गुनासो सुनुवाई नभएपछि उच्च अदालत पोखरा बागलुङ इजलासलमा २०७५ वैशाख ११ गते मुद्धा दायर गर्नु भएको थियो ।

आचार्यको मुद्धामा बलराम जोसी निरीक्षण प्रतिवेदन अनुसार विद्यालयको पहिलो अध्यक्ष ईन्द्रलाल उपाध्याय रहेको भन्दै अदालतमा लिखित प्रमाण पेस गर्नु भएको थियो ।

अदालतको फैसलामा शिक्षा कार्यालयबाट कागजपत्र प्रमाण हेरी को ? संस्थापक हो ? भन्ने एकिन गर्न भनेको छ

अदालतले २०७५ असार १० गते गरेको फैसलामा विद्यालयले अद्यावधिक रेकर्ड रहने कुरालाई मौखिक प्रमाणको भरमा विश्वास मान्न सकिने अवस्था रहँदैन भनेको छ ।

साथै श्री लहरेपिपल माध्यमिक विद्यालय २०१५ सालमा स्थापना भएको कुरा प्रष्ट भएको तर विद्यालय स्थापना हुँदाको बखत सो विद्यालयको संस्थापक को ? भन्ने कुरा जिल्ला शिक्षा कार्यालयको रेकर्ड लिइ सोही बमोजिम गरिनु पर्ने अदालतको फैसलामा उल्लेख छ ।

अदालतको फैसलामा भनिएको छ विद्यालयको संस्थापक को भन्ने कुरा जिल्ला शिक्षा कार्यालय बागलुङसँग समन्वय गरि सो विद्यालयको कागजपत्र प्रमाण हेरी को संस्थापक हो भन्ने एकिन गर्न न्योयोचित हुने उल्लेख छ ।

विद्यालयसँग २०१५ साल देखि १९ साल सम्मको ऐतिहासिक महत्वपूण कागजात छैन्

विद्यालयको २०१५ सालदेखि २०४२ सालसम्मको समितिमा ईन्द्रलाल उपाध्याय रहेका छन् ।

विद्यालयले प्रमाण नष्ठ गर्न २०१५ साल देखि १९ साल सम्मका रजिस्तर तथा महत्वपूण कागजात गाएवको गरेको आरोप आचार्यको छ ।

तत्किालिन श्री ५ को सरकार शिक्षा विभाग प्राइमरी स्कुलका निरीक्षक बलराम जोशीले २०१९ साल फागुण २२ गतेको रिर्पोटमा लहरेपिपल राष्ट्रिय प्राइमरी स्कुल हाल लहरेपिपल माविको निरीक्षण गरेको रिर्पोटमा लहरेपिपल ठेगाना भएका ईन्द्रलाल उपाध्याय अध्यक्ष, सेक्रेटरी सचिवमा मु कर्ण बहादुर कार्की र लमगाउँ ठेगाना भएका ओविराम थापा मगर कोषाध्यक्ष रहेको उल्लेख छ ।

म पनि बाहिरको मान्छे हो, पुरानो ऐतिहासिक कुराहरु सबै थाहा छैन्, २०६२ सालको श्रोत केन्द्रको दर्पणको आधारमा धनपति उपाध्यायलाई संस्थापक अध्यक्ष मानेको हो : प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदी

२०१५ सालमा स्थापना भएको र लहरेपिपल राष्ट्रिय प्राइमरी स्कुललाई लहरेपिपल माध्यमिक विद्यालय २०१६ असार २२ गते सव इन्स्पेक्टर अफ स्कुल बागलुङले स्वीकृत दिएको थियो ।

२०६२ सालको श्रोत केन्द्रको दर्पणमा धनपति उपाध्याय संस्थापक अध्यक्ष भनि उल्लेख गरेकोले हामीले उहाँलाई नै संस्थापक अध्यक्ष मानेको हो विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदीले नयाँ विश्वलाई बताउनु भयो ।

धनपतिका साथीहरुले भनेको आधारमा मानेको हो विद्यालयसँग २०१५ सालको लिखित कागजात छैन् । २०१६ सालमा विद्यालयले स्वीकृत पाए पनि त्यसको पनि कागजात छैन् ।

म पनि बाहिरको मान्छे हो पुरानो ऐतिहासिक कुराहरु सबै थाहा छैन् । पुरानो दस्तावेजहरु जिल्ला शिक्षा कार्यालयमा हुन सक्छ सुवेदीले भन्नु भयो ।

प्रतिक्रिया दिनुहोस्