१६ बैशाख २०८१, आईतवार

 

शंखधर बहुमुखी सहकारीको २१ औं साधारणसभा सम्पन्न

बागलुङ । शंखधर बहुमुखी सहकारी संस्था लिमिटेड बागलुङको २१ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले सहकारीको बारेमा गलत धारण फैलिएको बेला सहकारीका संचालनले आर्थिक र वित्तीय सुधारसहितको योजना बनाएर अगाडि बढ्नु पर्ने बताउनुभयो ।

 

साधारणसभामा नेपाल भाषा मंका खलका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, समाजसेवी देवबहादृुर श्रेष्ठ, बागलुङ नगरपालिकाका सहकारी शाखा प्रमुख प्रेम शर्माले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सहकारीका अध्यक्ष रतन प्रसाद श्रेष्ठले वार्षिक प्रतिवेदन, सचिव युक्त जंग राजभण्डारीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष टुप्लाप्रसाद श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा तथा सुपरिवेक्षण समितिका संयोजक निरज शाक्यले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

५ सय १३ जना शेयर सदस्य रहेको संस्थामा आर्थिक वर्ष २०७९/८० को अन्त सम्म ५ करोड ४९ लाख ६४ हजार ३ सय ९४ रुपैयाँ निक्षेप, २ करोड २४ लाख ८५ हजार ५ सय रुपैयाँ शेयर पूँजी र ६ करोड ५७ लाख ५१ हजार २ सय १० रुपैयाँ कर्जा लगानी रहेको संस्थाका कोषाध्यक्ष टुप्ला प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा सहकारीले ७० वर्ष पुरा भएका ८ जना शेयर शेयर सदस्यलाई सम्मान सहित चाडवाड खर्च स्वरुप प्रतिव्यक्ति १ हजार रुपैयाँ उपलब्ध गराइएको, शेयर सदस्यका एकाघरका सदस्यको निधन हुँदा उपलब्ध गराउँदै आएको ६ हजार रुपैयाँ ८ जना सदस्यलाई हस्तान्तरण गरेको, शेयर सदस्यको निधन हुँदा उपलब्ध गराउँदै आएको १५ हजार रुपैयाँ ५ जना शेयर सदस्यको परिवारलाई हस्तान्तरण र कक्षा १२ उत्र्तीण गरेका विद्यार्थीहरुलाई सम्मान गरिएको संस्थाका सचिव युक्तजंग राजभण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रम संस्थाका अध्यक्ष रतन प्रसाद श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष सुरेशप्रसाद श्रेष्ठको स्वागत तथा सचिव युक्तजंग राजभण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो । शंखधर बहुमुखी सहकारी ३६ जना सेयर सदस्यले २०५९ सालमा किशोर राजभण्डारीको नेतृत्वमा बागलुङ नगरपालिका-३ किनारा टोलमा स्थापना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्