४ जेष्ठ २०८१, शुक्रबार

 

राप्रपा बागलुङको कार्यकर्ता भेटघाट सम्पन्न, ६५ जना युवा राप्रपामा प्रवेश

बागलुङ । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला समिति बागलुङको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम शनिबार बागलुङ बजारमा सम्पन्न भएको छ ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता भिम प्रसाद गौचनले वर्तमान आर्थिक मन्दी, बेरोजगारी, महंगी र अराजकताबाट देशलाई जोगाउने एक मात्र शक्ति राप्रपा भएको बताउनु भयो ।

देशमा देखिएको समस्याको समाधान हिन्दु राष्ट्र, संम्वैधानिक राजतन्त्र र उदार प्रजातन्त्र भएको उहाँको भनाई थियो । कार्यक्रममा ६५ जना युवाहरुले राप्रपामा प्रवेश गरेको राप्रपा गण्डकी प्रदेशका सदस्य युवा नेता सुरज बहादुर खड्काले जानकारी दिनु भयो ।

कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य दिपक कुँवर, राप्रपा जिल्ला समिति बागलुङका संस्थापक अध्यक्ष टिकाराम सापकोटा र राप्रपा गण्डकी प्रदेशका सदस्य सुरज बहादुर खड्काले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम राप्रपा जिल्ला समिति बागलुङका संस्थापक अध्यक्ष टिकाराम सापकोटाको अध्यक्षता र राप्रपा जिल्ला समिति बागलुङका प्रवक्ता हेमराज पन्त सुदर्शनले संचालन गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्