३ जेष्ठ २०८१, बिहीबार

 

सवा दुई अर्ब ठगेर फरार मेयरलाई ‘प्रहरीकै संरक्षण’

काठमाडौं । सर्वसाधारणको करिब सवा दुई अर्ब रूपैयाँ ठगी गरेको आरोप लागेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली राजनीतिक तथा प्रहरी प्रशासनको संरक्षण हुँदा पक्राउ परेका छैनन्।

इमेज बचत तथा ऋण सहकारी संस्थामा पोखरा र बागलुङका बचतकर्ताले राखेको २ अर्ब २५ करोड रूपैयाँ ठगी गरेको आरोप नेपालीमाथि छ। राजनीतिक पहुँचका आधारमा प्रहरीले उनलाई पक्राउ गर्न आलटाल गरेको पीडितको गुनासो छ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष नेपालीले बागलुङमा करिब १५ सय जनाको १ अर्ब ६० करोड रूपैयाँ र पोखरामा ५ सय २४ जनाको ६४ करोड ८८ लाख रूपैयाँ हिनामिना गरेको उजुरी परेको थियो। उजुरी परेपछि नेपालीसहित ११ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको थियो।

इमेज बचत तथा ऋण सहकारीमा बचतकर्ताले राखेको २ अर्ब २४ करोड ८८ लाख रूपैयाँ हिनामिना गरेको आरोपमा नेपालीविरुद्ध पक्राउ पुर्जी जारी भए पनि राजनीतिक संरक्षणका कारण प्रहरीले पक्राउ नगरेको पीडितको गुनासो छ।

प्रहरीसँगकै मिलेमतोमा नेपाली फरार भएको पीडितको अनुमान छ। एमालेबाट नगरप्रमुख जितेका नेपालीको शीर्ष नेताहरूसँग राम्रो सम्बन्ध भएकै कारण प्रहरी प्रभावित भएको आरोप छ। एमालेले भने नेपालीलाई पार्टीबाट निलम्बन गरेको जनाएको छ।

साढे आठ महिनादेखि फरार नेपालीलाई प्रहरीले पक्राउ गर्न बेवास्ता गरेको पीडितको गुनासो छ।

‘प्रहरीले आज समात्छौं, भोलि समात्छौं भनेको आठ महिना बित्यो,’ इमेज बचत तथा ऋण सहकारी पीडित संघर्ष समितिका संयोजक डिलबहादुर कार्कीले भने, ‘नेपाली फेसबुकबाट लाइभमा आएको सूचना पाउँदा पनि प्रहरीले हामीसँग प्रविधि छैन भनेर पक्राउ गरेको छैन।’

मुलुकमा न्याय पाउने वातावरण नभएको भन्दै पीडित आक्रोशित छन्। ‘एक जनप्रतिनिधि बचतकर्ताको अर्बौं रूपैयाँ ठगेर फरार हुँदा पनि प्रहरी, प्रशासन मूकदर्शक भएर बसेका छन्,’ कार्कीले भने, ‘मुलुकमा न्याय पाइँदो रहेनछ।’

कार्कीका अनुसार इमेज बचत तथा ऋण सहकारीबाट उनको परिवारले करिब ६५ लाख रूपैयाँ पाउनुपर्छ। इमेजले बागलुङ बजार, गलकोट र बुर्तिबाङमा कार्यालय सञ्चालन गरेर कारोबार गरेको थियो। उसले पोखरामा पनि कारोबार गर्दै आएको थियो।

गत वैशाख ९ गते नेपालीले पैसा अभाव भएको भन्दै सूचना निकालेर इमेज सहकारी बागलुङको कारोबार बन्द गरेका थिए।

पीडितले रकम फिर्ता माग गर्दै आन्दोलन गरे पनि प्रहरी प्रशासनले तत्कालीन समयमा नेपालीलाई पक्राउ गर्न बेवास्ता गरेको थियो। बचतकर्ता इमेजको कार्यालयमा भुक्तानी माग्न जाने गरेका थिए।

जिल्ला प्रहरी कार्यालय बागलुङले ठगी आरोपमा नेपालीसहितलाई मुद्दा दायर गरेको थियो। चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परेका थिए। पक्राउ पाँचजना अदालतको आदेशमा पुर्पक्ष थुनामा छन्। नेपाली भने फरार छन्।

नेपालीले गत मंसिर ५ गते आफ्नो फेसबुक लाइभमा वातावरण तयार गरे जमिन बेचेर बचतकर्ताको रकम फिर्ता गर्ने बताएका थिए। पीडितले भने नेपालीले सहानुभूति बटुल्न र विषयान्तर गर्न यस्तो बताएको आरोप लगाएका छन्।

सवा दुई अर्ब ठगेर फरारमेयरलाई ‘प्रहरीकै संरक्षण’

फेसबुकबाट लाइभमा आउँदा पनि प्रहरीले अझै पक्राउ गरेको छैन।

इमेज सहकारी बागलुङको ठगी प्रकरणमा अन्यलाई पक्राउ गरेर मुद्दा चलाएको भए पनि नेपाली फरार रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख योगेन्द्र खड्काले बताए। ‘पक्राउ गर्न केन्द्रीय निकायसँग पनि समन्वय गरिरहेका छौं,’ उनले भने।

नेपाली फेसबुक लाइभमा आएको विषयमा भने नेपाल प्रहरीको साइबर ब्युरोसँग समन्वय गरिरहेको उनले बताए। ‘कुन लोकेसनबाट फेसबुक चलाएको हो भन्ने पत्ता लगाउन साइबर ब्युरोलाई अनुरोध गरेका छौं,’ उनले भने।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता नवराज अधिकारीले नेपालीको खोजी भइरहेको बताए।

‘उनी विदेश गएको आशंका छ,’ अधिकारीले भने, ‘प्रहरीले खोजी गरिहेको छ।’ नेपालीलाई प्रहरी र राजनीतिकर्मीको संरक्षण भएको आरोप निराधार भएको उनले बताए।

नेपालीले कानुन व्यवसायीमार्फत आफ्नो जग्गा बेचेर बचतकर्ताको पैसा तिर्ने खबर पठाउने गरेका छन्। ‘नेपालीका कानुन व्यवसायीले सहमतिमा मुद्दा मिलाउन आग्रह गर्नुभएको थियो,’ संघर्ष समितिका संयोजक कार्कीले भने, ‘कानुनी जटिलता भएकाले आपसी समझदारीमा मिलाउन सम्भव देखिएन।’

पीडितले बन्द रहेको इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङलाई पुनः सञ्चालनमा ल्याउने बताएका छन्।

सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशसँगको परामर्शमा सेयर सदस्यहरूको भेला गर्ने तयारी भएको कार्कीले बताए। मेयर नेपाली फरार भएपछि उपमेयर धनबहादुर कायतले कार्यवाहक भएर नगरपालिकाको काम अघि बढाएका छन्।

फेसबुकबाट लाइभमा आउँदा पनि प्रहरीले अझै पक्राउ गरेको छैन। इमेज सहकारी बागलुङको ठगी प्रकरणमा अन्यलाई पक्राउ गरेर मुद्दा चलाएको भए पनि नेपाली फरार रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख योगेन्द्र खड्काले बताए। ‘पक्राउ गर्न केन्द्रीय निकायसँग पनि समन्वय गरिरहेका छौं,’ उनले भने।

नेपाली फेसबुक लाइभमा आएको विषयमा भने नेपाल प्रहरीको साइबर ब्युरोसँग समन्वय गरिरहेको उनले बताए। ‘कुन लोकेसनबाट फेसबुक चलाएको हो भन्ने पत्ता लगाउन साइबर ब्युरोलाई अनुरोध गरेका छौं,’ उनले भने।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता नवराज अधिकारीले नेपालीको खोजी भइरहेको बताए।

‘उनी विदेश गएको आशंका छ,’ अधिकारीले भने, ‘प्रहरीले खोजी गरिहेको छ।’ नेपालीलाई प्रहरी र राजनीतिकर्मीको संरक्षण भएको आरोप निराधार भएको उनले बताए।

नेपालीले कानुन व्यवसायीमार्फत आफ्नो जग्गा बेचेर बचतकर्ताको पैसा तिर्ने खबर पठाउने गरेका छन्। ‘नेपालीका कानुन व्यवसायीले सहमतिमा मुद्दा मिलाउन आग्रह गर्नुभएको थियो,’ संघर्ष समितिका संयोजक कार्कीले भने, ‘कानुनी जटिलता भएकाले आपसी समझदारीमा मिलाउन सम्भव देखिएन।’

पीडितले बन्द रहेको इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङलाई पुनः सञ्चालनमा ल्याउने बताएका छन्।

सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशसँगको परामर्शमा सेयर सदस्यहरूको भेला गर्ने तयारी भएको कार्कीले बताए। मेयर नेपाली फरार भएपछि उपमेयर धनबहादुर कायतले कार्यवाहक भएर नगरपालिकाको काम अघि बढाएका छन्।

नागरिकदैनिकबाट

प्रतिक्रिया दिनुहोस्