३ जेष्ठ २०८१, बिहीबार

 

आस्था बचत तथा ऋण सहकारीको १२ औं साधारणसभा सम्पन्न

बागलुङ । आस्था बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार बागलुङ बजारमा सहकारीका सल्लाहकार एवंम बागलुङ जेसीजका संस्थापक अध्यक्ष श्याम प्रसाद श्रेष्ठको प्रमुख आथिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

शहर र गाउँमा रहेका विपन्न र बेरोजगार नागरिकहरुलाई सहकारी अभियानमा सहभागी गराएर उनीहरुको आर्थिक तथा सामाजिक जीवनमा परिर्वतनका लागि केन्द्रीत हुनु पर्ने सहकारीका सल्लाहकार एवंम बागलुङ जेसीजका संस्थापक अध्यक्ष श्याम प्रसाद श्रेष्ठले बताउनु भयो ।

हामीले हाम्रो शेयर सदस्यहरुलाई अझ अत्याधुनिक प्रभावकारी सेवा दिन लागेका छौं ।शेयर सदस्यको दिगो आर्थिक विकास र उनीहरुको शसक्तिकरणमा आस्था सहकारी सधै क्रियाशील हुने सहकारीका अध्यक्ष श्रीजय श्रेष्ठले बताउनु भयो।श्रेष्ठको नेतृत्वमा आस्था सहकारीले प्रभावकारी आर्थिक विकास गरेको छ ।

कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजन शाक्य, नेपाल जेसीजका उपाध्यक्ष सौरभ श्रेष्ठ, बागलुङ जेसीजका अध्यक्ष गणेश महतो र आस्था सहकारीका सल्लाहकार सुरेश प्रसाद श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए । साधारणसभामा सचिव निलेश राजभण्डारीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष जय राजभण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको थियो ।

कार्यक्रम आस्था बचत तथा ऋण सहकारीका अध्यक्ष श्रीजय श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष सुन्दर श्रेष्ठको स्वागत र सचिव निलेश राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो । विसं २०६८ सालमा आस्था बचत तथा ऋण सहकारी दर्ता भएको थियो ।सहकारीले ७ जना युवाहरुलाई रोजगारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्