३ जेष्ठ २०८१, बिहीबार

 

सदाबहार बचत तथा ऋण सहकारीको अध्यक्षमा पुन: किस्मत मणि श्रेष्ठ

काठमाडौं । सदाबहार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुन:किस्मत मणि श्रेष्ठ सर्वसम्मत चयन हुनु भएको छ । शुक्रबार काठमाडौंको जमलमा भएको १६ औं वार्षिक साधारणसभा तथा ५ औं अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा ईश्वरी कर्मचार्य, सचिवमा चन्द्र कुमार शाही, कोषाध्यक्षमा बसन्त कुमार श्रेष्ठ रहेका छन् । समितिको सदस्यहरुमा ज्ञानुमाया श्रेष्ठ, सम्झना कुमारी श्रेष्ठ, शैला प्रभा ब्रजाचार्य श्रेष्ठ, कमला देवी प्रधान, राजिव राज शर्मा रहेका छन् ।

समितिको लेखा सुपरीवेक्षण समितिको संयोजकमा भगवान कुमार श्रेष्ठ र सदस्यहरुमा वासना श्रेष्ठ ब्रजाचार्य र जिद्धि राज श्रेष्ठ रहेका छन् ।

साधारणसभामा बागलुङ समाज कल्याण केन्द्र ,काठमाडौका उपाध्यक्ष तथा नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठानका मुख्य वैज्ञानिक डा. स्वयम प्रकाश श्रेष्ठ, बागलुङ समाज कल्याण केन्द्र, काठमाडौका पूर्वअध्यक्ष श्रवणलाल शाक्य, समाजसेवी भरत कुमार श्रेष्ठ, सेयर सदस्य पदम बहादुर भण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा  प्रमुख अथिति नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठानका मुख्य वैज्ञानिक डा. स्वयम प्रकाश श्रेष्ठ, निर्वाचन समितिको संयोजक राम कुमार राजभण्डारी र सदस्य कृष्ण बहादुर केसीलाई मायाको चिनो प्रदान गरिएको थियो ।

साधारणसभामा सदाबहार बचत तथा ऋण सहकारीको अध्यक्ष किस्मत मणि श्रेष्ठले वार्षिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका सदस्य वासना श्रेष्ठ ब्रजाचार्यले लेखा प्रतिवेदन र कोषाध्यक्ष बसन्त कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा सदाबहार बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्षमा किस्मत मणि श्रेष्ठको अध्यक्षतामा, स्वागत उपाध्यक्ष ईश्वरी कर्माचार्यले र संचालन व्यवस्थापक ज्ञानेन्द्र कुमार श्रेष्ठले गर्नु भएको थियो ।

सहकारीको हाल सेयर पुँजी २ करोड ३७ लाख ५४ हजार, लगानी १८ करोड १७ लाख ५९ हजार ३ सय ७८ र निक्षेप १८ करोड ८ लाख ३३ हजार १ सय ४९ रुपैयाँ रहेको छ । सहकारीमा ८ जना युवाहरुले रोजगारी पाएको छ ।

विसं २०६४ सालमा १ सय १७ जना शेयर सदस्यहरुको पहलमा काठमाडौं महानगरपालिका वडा नं २८, धर्मचक्र गल्ली,  बागबजारमा सदाबहार बचत तथा ऋण सहकारी संस्था लिमिटेड संचालनमा आएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्