२२ बैशाख २०८१, शनिबार

 

धौलागिरि अधिकृत विक्रेता संघ बागलुङको स्थापना दिवसको उपलक्ष्यमा आश्रमलाई १० हजार सहयोग

बागलुङ । धौलागिरी अधिकृत विक्रेता संघ बागलुङको चौंधौं स्थापना दिवसको अवसरमा मानव सेवा आश्रमलाई १० हजार तथा भोजन सहयोग उपलब्ध गराएको छ । धौलागिरि अधिकृत विक्रेता संघ बागलुङले स्थापना दिवसको अवसरमा मानवसेवा आश्रम बागलुङलाई भोजन तथा आर्थिक सहयोग हस्तान्तरण गरेको हो।

सहयोग रकम धौलागिरी अधिकृत विक्रेता संघ बागलुङका अध्यक्ष राजन कुमार श्रेष्ठ र बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेल लगाएतले मानव सेवा आश्रमका संयोजक विपना तामाङलाई संयुक्त रुपमा सहयोग रकम हस्तान्त्रण गर्नु भएको थियो ।

आश्रमले सहयोगापेक्षी मानवहरुलाई आश्रय दिँदै आएको छ । सहयोग हस्तान्त्रण गर्दै बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले मानव सेवा आश्रमले सञ्चालन गर्दै आएका सामाजिक कार्यहरुको प्रशंसा गर्दै यसप्रकारको सेवामुखी कार्यक्रम सघाउनु सबैभन्दा ठूलो धर्मको कार्यभएको बताउनु भयो ।

कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष कँडेलले सरकारले केहि मात्रामा सहयोग गरेपनि व्यक्तिगत संस्थाले आश्रमलाई सहयोग गरेको बताउँदै, यस अभियानमा सबैलाई हातेमालो गर्नुपर्ने आवश्यक रहेको बताउनु भयो । मानवियताको भावनालाई जागृत गराउन मानव–मानवबिचको सम्बन्ध र दूरीलाई नजिक ल्याउन सक्नु नै उत्कृष्ट सेवा भएको बताउनु भयो ।

कार्यक्रममा मानव सेवा आश्रममा विभिन्न क्षेत्रबाट गरिएको सहयोग, सहकार्यले नै यस्तो महान कार्यमा संलग्न भएका व्यक्तित्वहरुको हौसला बढ्ने बताउदै एक अर्काप्रतिको माया, सम्मान र मानवियताले समाजलाई सकारात्मकता तर्फ लैजानले बताउनु भयो ।

कार्यक्रम धौलागिरि अधिकृत विक्रेता संघका अध्यक्ष राजनकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संघका महासचिव हेमन्त बानियाँले गर्नु भएको थियो ।२०७३ सालमा बागलुङमा स्थापना भएको मानव सेवा आश्रमले बागलुङ नगरपालिका–४ निरयघाटमा आफ्नै सुविधा सम्पन्न भवन निर्माण गरि रहेको छ । बागलुङको मानवसेवा आश्रममा ५० जना वेसहाराहरुले आश्रय लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्