३ जेष्ठ २०८१, बिहीबार

 

लहरेपिपल बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुन: कुलबहादुर कार्की

बागलुङ । लहरेपिपल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं साधारणसभाले कुलबहादृुर कार्कीलाई अध्यक्षमा पुन:सर्वसम्मत चयन गरेको छ ।

शनिबार बागलुङ बजारमा सम्पन्न साधारणसभाले कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । सहकारीको उपाध्यक्ष नारायण प्रसाद सापको्टा, सचिवमा जित बहादुर कार्की, कोषाध्यक्षमा हेम लाल उपाध्याय बालकृष्ण, सहसचिवमा सावित्रि देवी शर्मा चयन भएका छन् ।

साथै सदस्यहरुमा देवी प्रसाद सापकोटा, खड्क बहादुर सुवेदी, मिना सापकोटा, ईन्द्र आचार्य, सुषमा नेपाली र ओम प्रसाद सापकोटा रहेका छन् । सहकारीको लेखा समितिको संयोजकमा अधिवक्ता बलराम शर्मा र सदस्यहरुमा शेखर सापकोटा र टेक नारायण सापकोटा रहेका छन् ।

साधारणसभामा बागलुङ नगरपालिका ६ का वडा अध्यक्ष तथा सहकारीका पूर्वअध्यक्ष रुद्र बहादुर केसी, धवलागिरि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा. डा. रामप्रसाद उपाध्याय, सहकारीका संस्थापक अध्यक्ष नगेन्द्र राज शर्माले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सचिव नारायण प्रसाद सापकोटाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष हेम लाल उपाध्याय बालकृष्णले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । २०५७ साल भदौ ३ गते २८ जना शेयर सदस्यहरुको सहभागितमा १४ हजार शेयर पुँजी संकलन गरेर नगेन्द्र राज शर्माको अध्यक्षतामा बानपा ६ लहरेपिपल गाउँमा लहरेपिपल बहुउद्देश्यीय सहकारी स्थापना भएको थियो ।

सहकारीको अहिले सेयर पुँजी १ करोड ३४ लाख, कर्जा लगानी २ करोड ५५ लाख र निक्षेप १८ करोड ६३ लाख ३४ हजार रहेको छ । सहकारीले ६ जना युवा रोजगारी दिएको छ । सहकारीले बानपा ३ राधाकृषण टोलमा कोसेली घर संचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्