१६ बैशाख २०८१, आईतवार

 

गरिमा विकास बैंकले शेयरधनीहरूलाई १० प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं। गरिमा विकास बैंक लिमिटेडको सत्रौं बार्षिक साधारणसभा आइतबार कास्की जिल्लाको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्ड,पोखरामा सम्पन्न भएको छ ।

बैंकको १७ औं वार्षिक साधारणसभाले सेयरधनीलाई ९.५० प्रतिशत बोनस सेयर वितरण प्रस्ताव पारित गरेको छ।साधारणसभाले कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश गरी १० प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गरेको हो।

साधारणसभाले बैंकको अधिकृत पुँजी वृद्धि गरी ५ अर्ब ७० करोड बनाउने, आर्थिक वर्ष २०८० र ८१ का लागि लेखापरीक्षक नियुक्तिलगायत प्रस्ताव पारित गरेको छ। हाल ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैंया चुक्ता पूजी रहेको विकास बैंकको साधारणसभाबाट पारित ९.५० प्रतिशत बोनश शेयर वितरण पश्चात चुक्ता पुंजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैंया पुगेको छ ।

गरिमा विकास बैंकका हाल देशभर १ सय २३ शाखा कार्यालय र ५१ वटा एटीएम सञ्चालनमा रहेका छन् । साथै बैंकले हालसम्म करिब रु ८० अर्ब निक्षेप संकलन गरी करिब रु ६९ अर्ब कर्जा प्रवाह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्