३ जेष्ठ २०८१, बिहीबार

 

नेशनल प्याब्सन बागलुङले संचालन गर्यो प्रि-टेस्ट परीक्षा

बागलुङ । नेशनल प्याब्सन बागलुङले कक्षा १० मा अध्ययरत विद्यार्थीको प्रि – टेस्ट परीक्षा संचालन गरेको छ ।

नेशनल प्याब्सनमा आवद्ध आठ वटा विद्यालयका २ सय जना विद्यार्थीले परीक्षामा सहभागिता जनाएको नेशनल प्याब्सनका नगर सचिव तथा गुराँस विद्या सदनका प्रिन्सिपल निशान खड्काले नयाँ विश्वलाई जानकारी दिनु भयो । परीक्षाको नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलले निरीक्षण गर्नु भएको थियो ।

यसको खालको अभ्यासले विद्यार्थीले परीक्षालाई हेर्ने दृष्टिकोण सकरात्मक हुने र उनीहरुको मनोबल पनि उच्च हुने पोखरेलले बताउनु भयो ।

नेशनल प्याब्सनले एसइई परीक्षा अगाडि नै फेरि प्रि-बोर्ड परीक्षा संचालन गर्ने भएको छ । परीक्षामा न्यू ओएसिस एकडेमी, फयुचर ब्राइटर बोर्डिक स्कुल, आदर्श विद्यामन्दिर मावि, कालीगण्डकी आवासिय मावि, सनराइज मावि, होलि चाइल्ड मावि, प्रिसियस एकडेमी र गुराँस विद्या सदनका विद्यार्थीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्