३ जेष्ठ २०८१, बिहीबार

 

विद्यार्थीलाई उद्यमी बनाउने शिक्षा अहिलेको आवश्यक हो : अध्यक्ष चन्द्रप्रसाद ढकाल

बागलुङ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सीपमुलक शिक्षाको प्रयोग र अभ्यासले विद्यार्थीहरु उद्योग र व्यवसायमा आकर्षित हुने बताउनु भयो ।

त्यसको लागि प्रयोगात्मक व्यवहारिक ज्ञानको विकास गरी विद्यार्थीलाई उद्यमी बनाउने शिक्षा देशको मुख्य आवश्यकता रहेको बताउनु भयो।

बागलुङ नगरपालिका–१३ स्थित त्रिभुवन माध्यामिक विद्यालयको ७४औँ वार्षिकोत्सवमा सम्बोधन गर्दै उनले विद्यार्थीलाई आफूले सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनु भयो।

उनले विद्यालयको भौतिक पूर्वाधारमा सुधार गर्नुको साथै अहिले सृजनशिल शिक्षकको खाँचो रहेको उल्लेख गर्नु भयो।

सो विद्यालयका पूर्वविद्यार्थीसमेत रहेका अध्यक्ष ढकालले कल्पनासिलता भएको विद्या नै सबैभन्दा ठूलो शक्ति र धन भएकाले यस शाश्वत सत्यलाई बुझेर विद्यालय प्रशासन, व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी र समुदायको संयुक्त प्रयासमा शैक्षिक सुधार गर्न लाग्नु पर्नेमा जोड दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्