३ जेष्ठ २०८१, बिहीबार

 

चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलद्वारा परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थी पुरस्कृत

बागलुङ । चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलले तेस्रो त्रैमासिक परीक्षाको उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत गरेको छ । मंगलबार बागलुङ नगरपालिका १ रामरेखास्थित विद्यालयमा बालविकासदेखि कक्षा १० सम्मका विद्यार्थीलाई पुरस्कृत गरिएको हो ।

कार्यक्रममा परीक्षामा प्रथम, द्धितीय र तृतीय स्थान ल्याउने विद्यार्थीलाई पुरस्कृत गरिएको विद्यालयका प्रिन्सिपल नवराज श्रेष्ठले नयाँ विश्वलाई जानकारी दिनु भयो । सोमबार कक्षा ११ र १२ अध्ययरत विद्यार्थी जस्ले परीक्षामा उत्कृष्ठ नतिजा ल्याएका थिए उनीहरुलाई पनि पुरस्कृति गरिएको थियो ।

चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलमा बालविकासदेखि कक्षा १२ सम्म सोह्र सय विद्यार्थीहरुले अध्ययन गर्दछ । सृजनशिल र मौलिक ढंगले अध्यापन हुने यो विद्यालय धेरै विद्यार्थी र अभिभावनको रोजाईमा पर्दछ । यहाँ मेहनती शिक्षकहरुले प्रयोगात्मक ढंगले पढाउने हुनाले पनि विद्यार्थीको सिकाई उपलब्धी र नतिजा धेरै राम्रो रहेको छ ।

यो विद्यालयको स्थापना २०५६ सालमा भएको हो । विद्यार्थीले रचनात्मक ढंगले आफनो पढाईलाई अगाडि बढाउन सके र शिक्षकले थप मेहनत गरेमा नतिजा राम्रो आउने प्रिन्सिपल नवराज श्रेष्ठले बताउनु भयो ।

कार्यक्रमको संचालन शिक्षक कमल कँडेल र युनिस दिन मियाँले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्