२४ बैशाख २०८१, सोमबार

 

अन्नपुर्ण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुन: अशोक कुमार श्रेष्ठ

बागलुङ । अन्नपुर्ण बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुन:अशोक कुमार श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । सहकारीको १५ औं सधारणसभाले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा काजी रोशन राजभण्डारी, सचिवमा दयाराम पौडेल, कोषाध्यक्षमा कमल प्रसाद श्रेष्ठ, सहसचिवमा विदेश कुमार श्रेष्ठ रहेका छन् ।

कार्यसमितिको सदस्यहरुमा भरत श्रेष्ठ, गोपाल बहादुर खड्का, मंगला राजभण्डारी, हिमाली बज्राचार्य, शिव संकर साह, मनोज कमाृुुर श्रेष्ठ, कपुर जंग राजभण्डारी र सोमराज पाठक रहेका छन् ।

सहकारीको लेखा समितिको संयोजकमा संजन कुमार श्रेष्ठ र सदस्यहरुमा भगवान प्रसाद श्रेष्ठ र रमेश थापा मगर रहेका छन् । सहकारीको सल्लाहकारमा अशोक गोविन्द राजभण्डारी, राजकुमार श्रेष्ठ, रामकृष्ण शर्मा र केशव प्रसाद सुवेदी चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्