८ जेष्ठ २०८१, मंगलवार

 

अब शैक्षिक सुधार र सिकाइ उपलब्धी हासिल गर्न क्रियासिल बनौं : उपमेयर हरिहर शर्मा

बागलुङ । सतीढुङ्गा माध्यमिक विद्यालयले आफनो ४९ औं वार्सिकोत्सव सोमबार विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ ।

जैमिनी नगरपालिका ७ जैदीस्थित सतीढुङ्गा माविको वार्सिकोत्सव जैमिनी नगरपालिकाका उपमेयर हरिहर शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

विद्यालयको भौतिक सुधारपछि अब सबै सरोकारवाला मिलेर शैक्षिक सुधार र सिकाइ उपलब्धीमा केन्द्रीत हुनु पर्ने उपमेयर शर्माले बताउनु भयो ।

त्यसको लागि जैमिनी नगरपालिकाले सहकार्य गर्न तयार भएको उहाँको भनाई थियो । कार्यक्रममा वडा अध्यक्ष केन्द्र बहादुर सुनार, संस्थापक सदस्य महानन्द उपाध्याय, समाजसेवीहरु सिताराम रसाइली, भुवन थापाले मन्तव्य व्यक्त गरेका थिए ।

वार्षिकोत्सवमा आयोजित विभिन्न प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । साथै एक विद्यालय, एक करेसा बारी कार्यक्रमको लागि जग्गा उपलब्ध गराउने जग्गादाता, उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थी र मेहनती शिक्षक र कर्मचारीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रधानाध्यापक लक्ष्मी प्रसाद शर्मा वाग्लेले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बल बहादुर थापाको अध्यक्षता र शिक्षक कमला चालिसे र रुद्रबहादुर रानाले संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्