८ जेष्ठ २०८१, मंगलवार

 

ताराखोलामा पाठ्क्रम प्रबोधिकरण कार्यक्रम सम्पन्न

ताराखोला । ताराखोला गाउँपालिका शिक्षा शाखाबाट सञ्चालित पाठ्यक्रम प्रबोधीकरण कक्षा ५, ८ र १०मा अध्यापन गर्ने शिक्षकहरुलाई २ दिने तालिम सम्पन्न भएको छ ।

ताराखोला गाउँपालिका भित्रका १९ वटा सामुदायिक विद्यालयहरुमा कक्षा ५,८ र १० मा नेपाली, गणित,अङग्रेजी र विज्ञान विषयको अध्यापन गराउनु हुने शिक्षकहरुलाई दिएको २ दिने पाठ्यक्रम प्रबोधीकरण तालिममा ताराखोला गाउँपालिकाका अध्यक्ष धन बहादुर विक हिमाल बोल्दै ताराखोला गाउँपालिकाका विद्यालयहरुको विकासको लागि किताब मात्र नभई शिक्षकहरुमा पनि पूर्व तयारी भएमा सफल रुपमा पढाउन सक्ने बताउनु भएको थियो।

पाठ्यक्रम अनुसारको पाठ्य सामग्रीको पनि आवश्यक रहने बताउनु भएको थियो ।यो तालिमबाट अब मुल्यांकनलाई पनि अगाडि बढाउन सक्नु हुनेछ उहाँले भन्नु थियो ।

ताराखोला गाउँपालिका उपाध्यक्ष भिम बहादुर रोकाले कार्यक्रमलाई सम्बोधन गर्दै यो तालिमबाट हामीले पढाउने किताब होइन पाठ्यसामग्री हो त्यसैले आफूले तयारी गर्नुपर्ने बताउनु भएको थियो । विद्यार्थीको रुची अनुरुप अध्ययन गराउन सक्ने हो भने शिक्षामा अगाडि बढ्न सकिने बताउनु भएको थियो ।

त्यस्तै ताराखोला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतले चिरञ्जीवी घिमिरेले शिक्षक पेशा जिम्मेवार विषय हो, जहाँ हरेक किसिमका देश निर्माण गर्ने विद्यार्थीको जन्म स्थल भनेको नै विद्यालय भएकोले हामीले ध्यान दिनु पर्ने बताउनु भएको थियो ।

कार्यक्रम अर्गल मावि अर्गलका प्रधानाध्यापक गणेश बहादुर घर्ती मगर र कार्यक्रम शिक्षा शाखा प्रमुख युवराज शर्माको सञ्चालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्