४ जेष्ठ २०८१, शुक्रबार

 

तीन महिने हेयर कटिङ तालिम सुरु

बागलुङ । बागलुङ नगरपालिका वडा नं ३ र विद्यामन्दिर माध्यमिकको सहकार्यमा तीन महिने हेयर कटिङ तालिम सुरु भएको छ ।

बागलुङ नगरपालिका वडा नं ३ र विद्यामन्दिर माध्यमिकको सहकार्यमा भएकोे तालिम माघ २१ गते बैशाख २१ गतेसम्म संचालन हुने छ । युवालाई स्वरोजगार बनाउन यो तालिमले सहयोग गर्ने बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताउनु भयो ।

विद्यार्थीको हातमा सिप भएमा उनीहरु आय आर्जन गर्ने बाटोमा हिड्न मद्दत गर्ने विद्यामन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक छवि रमण रेग्मील बताउनु भयो ।

युवाहरुलाई सिपमुलक तालिम दिएर आर्थिक रुपमा आत्म निर्भर बनाउन यस तालिमले सहयोग गर्ने वडा अध्यक्ष लक्ष्मण केसी सनिले बताउनु भयो । तालिममा वडाका २५ जना युवा र विद्यालयका २०  जना विद्यार्थीको सहभागिता रहेको छ । कार्यक्रम बागलुङ नगरपालिका वडा नं ३ का वडा अध्यक्ष लक्ष्मण केसी सनिले बताउनु भयो ।

कार्यक्रम वडा अध्यक्ष लक्ष्मण केसी सनिको अध्यक्षता र संचालन वडा सचिव सुनीता गैरेले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्