९ जेष्ठ २०८१, बुधबार

 

गरिमा आवासिय माध्यमिक विद्यालयको ४३ औँ वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न

बागलुङ । सस्थागत विद्यालय मध्ये साविक धौलागिरिको पहिलो विद्यालयको रुपमा स्थापना भएको गरिमा आवासिय माध्यमिक विद्यालयको ४२ औँ वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न भएको छ ।

डिग्नीटी एकेडेमी एण्ड रिसर्च फाउण्डेशन प्रालिद्धारा संचालित गरिमा आवासीय माध्यमिक विद्यालयले सप्ताहव्यापी कार्यक्रम गरि ४३ औँ वार्षिकोत्सव मनाएको हो ।

विद्यालयलाई सृजनसिल ढंगले संचालन गर्न सके त्यसको प्रतिफल सकरात्मक आउने बागलुङ नगरपालिकाका उपमेयर राजु खड्काले बताउनु भयो ।

बाल मनोविज्ञानलाई बुझेर विद्यालयले रचनात्मक कार्यक्रम ल्याउनु पर्ने र विद्यार्थीलाई केन्द्रमा राखि विद्यालयल संचालन गर्नु पर्ने बताउनु भयो ।त्यसको लागि परम्परागत कुराहरुलाई त्यागेर आधुनिक तरीकाले सोच्नु पर्ने उहाँको भनाई थियो ।

गुणस्तरीय र व्यवसायीक शिक्षा आजको आवश्यकता रहेको भन्दै देश र समाजलाई योगदान पु¥याउने जनशक्ति उत्पादन गर्ने गरी लाग्नु पर्नेमा जोड दिनु भयो।

कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष सुरज वोसेल, न्यू आऐसिस एकेडेमीका प्रिन्सिपल नेत्रलाल न्यौपाने, युएस एकेडेमीका प्रबन्ध निर्देशक दलबहादुर थापा, नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारी, पूर्वशिक्षक भरत पुरी, आदर्श टोल विकास संस्थाका अध्यक्ष राजकुमार पौडेल, अभिभाव दल बहादुर खड्का क्षेत्रीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा पूर्व शिक्षक भरत पुरी सम्मान गरिएको थियो भने विद्यालयको परिक्षा र अतिरित्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कुत गरिएको थियो ।

कार्यक्रम विद्यालय संचालक समितिका उपाध्यक्ष श्याम प्रसाद शर्माको अध्यक्षता, कोषाध्यक्ष केदारनाथ पौडेलको स्वागत र विद्यालय संचालक समितिका सचिव गणेश प्रसाद शर्मा तथा शिक्षक सरिता केसीले गर्नु भएको थियो ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल इश्वर बहादुर खड्का क्षेत्रीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

वार्षिकोत्सवको अवसरमा विद्यालयले आयोजना गरेको अन्तर विद्यालय स्तरिय नृत्य प्रतियोगितामा फयुचर ब्राइटर आवासीय माध्यमिक विद्यालय प्रथम, गुराँस विद्या सदन द्धितिय, धौलागिरिआवासीय माध्यमिक विद्यालय तृतीय र आदर्श विद्यामन्दिर आवासीय माध्यमिक विद्यालय शान्त्वना भएका छन् ।

बागलुङका शिक्षासेवी राइटर हिरावहादुर खड्काको सहयोगमा ताप्लेजुङबाट आएका सूर्य बहादुर पोमुको एकल नेतृत्वमा २०३७ साल माघ २५ गते श्रीपञचमीको दिन स्थापना भएको तत्कालिन प्रेमसिङ देवी अवसीय माविलाई २०६५ सालमा स्थानीय श्याम प्रसाद शर्मा नेतृत्वको टोलिले नयाँ व्यवस्थापनका साथ संचालन गर्दै आएको छ ।

प्लेग्रुपदेखि कक्षा १२ हुदै बिबिएससम्मका कक्षा संचालन हुर्दैै आएको छ । सृजनशिल अध्यापन र गुणस्तरीय सिकाईका विशेष जोड दिएको यस विद्यालय धेरै विद्यार्थी र अभिभावकको रोजाईमा परेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्