१८ बैशाख २०८१, मंगलवार

 

चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलका विद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावकद्वारा क्यान्सर पीडित थापालाई १ लाख १६ हजार सहयोग

बागलुङ । चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलमा अध्ययरत विद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावकले क्यान्सर पीडित तारा थापालाई १ लाख १६ हजार १ सय ६५ रुपैयाँ सहयोग गरेको छ ।

विद्यालयको कक्षा ५ मा अध्ययरत सचिन थापा र कक्षा ७ मा अध्ययरत संगिता थापाको आमा तारा थापाको उपचारको लागि आर्थिक सहयोग उनीहरुको आफन्त तुलवीर श्रीस र नरबहादुर थापालाई शुक्रबार हस्तान्तरण गरिएको हो ।

बागलुङ नगरपालिका – ११ रायडाँडा घर भइ हाल बागलुङ नगरपालिका – १ रामरेखा बस्नु हुने थापालाई विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग उपलब्ध गराएको चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठले नयाँ विश्वलाई बताउनु भयो ।

विद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावकहरु मिलेर क्यान्सर पीडित तारा थापाको उपचारको लागि सानो सहयोग उपलब्ध गराएको हो, यो हाम्रो माया र उत्तरदायित्व पनि हो प्रिन्सिपल श्रेष्ठले भन्नु भयो ।

ब्लड क्यान्सरबाट पीडित थापाको नेपाली सेनाको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ ।

विगतमा पनि जुनियर रेडक्रस सर्कल (जुरेस) चिल्ड्रेन लाइफद्धारा विपन्न विद्यार्थीलाई पोशाक,शैक्षिक सामग्री, आर्थिक अभावबाट उपचारबाट बन्चित व्यक्तिलाई आर्थिक सहयोग, विपन्न वर्गलाई खाद्यान्न सहयोग गर्दै आएको विद्यालयका जुनियर रेडक्रस सर्कल (जुरेस) सभापति मंन्जिला विकले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्