बागलुङ । बागलुङ नगरपालिका १ वडा कार्यालयद्धारा चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलमा बालमैत्री स्थानीय शासन बारे शनिबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बागलुङ नगरपालिका १ का वडा अध्यक्ष जयबहादुर केसी, बाल संजालका अध्यक्ष समिर रोका, प्रिन्सिपल नवराज श्रेष्ठ, बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, नगर शिक्षा प्रमुख धन प्रसाद पोख्रल, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल, महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख सरस्वती देवी रेग्मीले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलका विद्यार्थीले नाटक पनि प्रदर्शन गरेको थियो । कार्यक्रमको बागलुङ नगरपालिका १ का वडा अध्यक्ष जयबहादुर केसीको अध्यक्षता र संचालन शिक्षक प्रकाश थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
तस्बिर : दिनेश जिसी





































































































































































































































