१८ बैशाख २०८१, मंगलवार

 

श्री हरि माविले ६१ औँ वार्षिकोत्सव तथा हिरक जयन्ती मनाउदै

बागलुङ । श्री हरि माध्यमिक विद्यालयले ६१ औँ वार्षिकोत्सव तथा हिरक जयन्ती मनाउन लागेको छ ।

आगामी फागुण २ गतेदेखि ६ गतेसम्म विभिन्न कार्यक्रम गरि वार्षिकोत्सव तथा हिरक जयन्ती मनाउन लागेको विद्यालयका प्रधानाध्यापक हरि प्रसाद पौडेलले नयाँ विश्वलाई बताउनु भयो ।

विसं २०१९ सालमा ताराखोला गाउँपालिका वडा नं ३ हिलमा शिक्षासेवीहरुले विद्यालयले स्थापना गर्नु भएको थियो । विद्यालयले हिरक जयन्तीको अवसरमा विभिन्न शैक्षिक सुधारका कार्यक्रम सार्वजनिक गरेको छ ।

प्राथमिक तहसम्म संचालन भएको अग्रेजी माध्यमको पठन पाठनलाई माध्यमिक तहसम्म पुर्याउने, विद्यार्थीलाई कृषि, कम्युटर, गृह विज्ञान र सूचना प्रविधि संम्बन्धी ज्ञान दिने, शिक्षण सिकाईलाई प्रभावकारी बनाउन प्रविधि मैत्री बनाउने, विद्यालयलाई आवासिय बनाउने र विद्यालयमा विषयगत प्रयोगशाला स्थापना गर्ने लक्ष्य राखेको छ ।

सृजनशिल र मनोवैज्ञानिक ढंगले अध्यापन गराउने भएकोले धेरै विद्यार्थी र अभिभावकको रोजाईमा श्री हरि माध्यमिक विद्यालय पर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्