१८ बैशाख २०८१, मंगलवार

 

विद्यामन्दिर माविको ८३ औँ वार्षिकोत्सव : हाजिर जवाफ प्रतियोगिता (तस्बिरहरु)

बागलुङ । विद्यामन्दिर माध्यमिक विद्यालयको ८३ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित हाजिर जवाफ प्रतियागितामा युनिक बोहरा, सक्षम पन्त र रिया थापा प्रथम, संस्कार गौतम, सितल राना, सुषमा निउरे द्धितीय , अनिशा गौडेल, निरपेश शर्मा, अर्मण परियार तृतीय भएको कार्यक्रम संयोजक शिक्षक मन्जु थापाले बताइन् ।

हाजिर जवाफ प्रतियोगितामा कक्षा ६ देखि १० कक्षासम्मका विद्यार्थीको २३ टिमले भाग लिएका थिए ।

यसै गरी कक्षा ११ र १२ का विद्यार्थीहरुबीच भएको हाजिर प्रतियोगितामा मन्जु विक, अनिष विक र दिया कार्की प्रथम, ज्योति रौनियार, निती कार्की र गायत्री थापा द्धितीय र सफल पौडेल, किरण पौडेल र वोधराज अर्याल तृतीय भएको शिक्षक कृष्ण गौतमले जानकारी दिनु भयो ।

 

वार्षिकोत्सवमा आयोजित भलिबल प्रतियोगिता पनि सम्पन्न भएको छ । विद्यालयले वार्षिकोत्सवको उपलक्ष्यमा विज्ञान प्रदर्शनी प्रतियोगिता पनि राखेको छ । प्रतियोगितामा प्रथम हुनेलाई १२ हजार, मेडल र प्रमाणपत्र, द्धितीय हुनेलाई १० हजार मेडल र प्रमाणपत्र र तृतीय हुनेलाई ८ हजार, मेडेल र प्रमाणपत्रको रहेको विद्यालयका प्रधानाध्यापक छवि रमण रेग्मीले नयाँ विश्वलाई बताउनु भयो ।

प्रदर्शनी फागुण २ गते हुने भएको छ । समाजसेवी तथा पूर्वविद्यार्थी सिद्धार्थ मिलन श्रेष्ठले यस प्रतियोगिताको लागि ३० हजारको प्रायोजना गर्नु भएको छ । यसै गरि फागुण १ अन्तर विद्यालय नृत्य प्रतियोगिता पनि हुने भएको छ ।

नृत्य प्रतियोगितामा प्रथम हुनेलाई ७ हजार मेडल र प्रमाणपत्र, द्धितीय हुनेलाई ५ हजार, मेडल र प्रमाणपत्र र तृतीय हुनेलाई ४ हजार, मेडल र प्रमाणपत्र रहेको छ । वार्षिकोत्सको उपलक्ष्यमा चेस, हस्त लेखन, म्यूजिकल चियर, चित्रकला, स्पेलिङ कनटेष्ट, सुपर मेमोरी, हाजिरी जवाफ, वतृत्व कला प्रतियोगिता आयोजना गरिएको छ ।

तस्बिर दिनेश जिसी

 

प्रतिक्रिया दिनुहोस्