१८ बैशाख २०८१, मंगलवार

 

विद्यामन्दिर माविले लोक गीत प्रतियोगिता आयोजना गर्‍यो

बागलुङ । विद्यामन्दिर माध्यमिक विद्यालयको ८३ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित लोक गीत प्रतियोगितामा विभिन्न समूहका विद्यार्थी विजयी भएका छन् ।

कक्षा १ देखि ५ सम्मका विद्यार्थीबीच भएको लोक गीत प्रतियोगिता तृप्ती रेसमीको समूह प्रथम, अन्जु क्षेत्रीको समूह द्धितीय र पार्वती रानाको समूह तृतीय भएका छन् । यसै गरी कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुबीच आयोजित लोक गीत प्रतियोगिता समिका जिसी समूह प्रथम, गुन्जन श्रेष्ठ समूह द्धितीय र ममता थापा समूह तृतीय भएका छन् ।

साथै कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुबीच भएको लोक गीत प्रतियोगितामा प्रतिक विक समूह प्रथम, सलिना खत्री समूह द्धितीय र कुसुम बोहराको समूह तृतीय भएका छन् ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्य र निर्वतमान प्रधानाध्यापक शान्तामणि ढकालले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम शिक्षकहरु शान्ता हमाल र सरिता लामिछानेको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्