६ जेष्ठ २०८१, आईतवार

 

न्यू ओएसिस एकेडेमीले मनायो २६ औँ वार्षिकोत्सव

बागलुङ । न्यू ओएसिस एकेडेमी बागलुङले २६ औँ वार्षिकोत्सव मंगलबार मनाएको छ ।

शिक्षा क्षेत्रमा भौतिक सुधारका साथै सिकाई उपलब्धी हासिल गर्न सबै सरोकारवालासँग सहकार्य गर्नु पर्ने बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठले बताउनु भयो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धन प्रसाद पोख्रेल, शिक्षा समन्वय प्रमुख युक्त प्रसाद शर्मा, नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारी, प्याब्सन बागलुङका अध्यक्ष दलबहादुर थापा, नेसनल प्याव्सनका केन्द्रीय सदस्य वालकृष्ण शर्मा, शिक्षक विष्णु चपागाईं, अभिभावक प्रकाश शर्मा, काशिराम पोख्रेल, बागलुङ नगर कार्यपालिका सदस्य ज्योति केसी विष्ट, विद्यार्थी दृष्टि भण्डारी, कुन्जन रेग्र्मीेले मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रममा पूर्वविद्यार्थीहरु कम्युटर विज्ञानमा अमेरिकाबाट पिएचडि उपाधि हासिल गरेका विवेक पौडेल, डा कृष्ण कँडेल, डा रन्जित सापकोटा, डा कमल कँडेल, डा क्षितिज रिजाल, डा संजय सापकोटा, डा सुदिप चन्द्र सुवेदी, डा सुशिल पोख्रेल, डा सुषमा पोख्रेल, डा नहकुल पौडेल, ई इन्द्र लाल सुवेदी, ई दिपेन्द्र सुवेदी, अर्थशास्त्र विषयमा एमए गरेका सहदेव पौडेल, विएसी नर्सिङ उर्तिण गर्नु भएकी मन्दिरा खड्का, अमृता शर्मालाई सम्मानित गरिएको थियो ।

वार्षिकोत्सवको उपलक्ष्यमा विद्यालयद्धारा आयोजित मावि स्तरीय हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुने आदर्श विद्यामन्दिर मावि, द्धितीय हुने चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल र तृतीय भएको न्यू आऐसिय एकेडेमीका विद्यार्थीहरुलाई पुरस्कृति गरिएको थियो ।

विद्यालयमा आयोजना गरिएको विभिन्न प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पनि पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रम न्यू ओएसिस एकेडेमी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा कुँवरको अध्यक्षता, प्रिन्सिपल नेत्र न्यौपानेको स्वागत र कोषाध्यक्ष तथा शिक्षक रामजी प्रसाद सुवेदीको संचालनमा संम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्