६ जेष्ठ २०८१, आईतवार

 

नृत्य प्रतियोगितामा धौलागिरि आवासिय मावि प्रथम, शुभलाभ एकेडेमी द्धितीय, सिद्धार्थ शिक्षा सदन तृतीय

बागलुङ । गुराँस विद्या सदनको छैठौं वार्षिकोत्सव एवं अभिभावक दिवसको अवसरमा प्राथमिक तह अन्तर विद्यालय स्तरिय नृत्य प्रतियोगितामा आयोजना गरिएको छ ।

उक्त प्रतियोगितामा धौलागिरि आवासिय मावि प्रथम, शुभलाभ एकेडेमी द्धितीय, सिद्धार्थ शिक्षा सदन तृतीय र युएस एकेडेमी र चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलले सान्त्वना स्थान प्राप्त गरेका थिए ।

प्रथमलाई नगद दश हजार, ट्रफि, मेडल र प्रमाणपत्र, द्धितीयलाई नगद ६ हजार पाँच सय ट्रफि, मेडल र प्रमाणपत्र, तृतीयलाई नगद तीन हजार ट्रफि, मेडल र प्रमाणपत्र र सान्त्वनालाई पुरस्कारको लागि नगद एक हजार ट्रफि र प्रमाणपत्र विद्यालयका प्रिन्सिपल निशान खड्का र संचालक समिति सदस्य ओमकार पौडेलले वितरण गर्नु भएको थियो ।

 

कार्यक्रमा एन प्याब्सनका केन्द्रीय सदस्य वालकृष्ण शर्मा र कालिका भगवती गुठीका अध्यक्ष कुमार खड्काले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतियोगितामा बागलुङ नगरपालिका १८ विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए ।

कार्यक्रम गुराँस विद्या सदनका प्रिन्सिपल निशान खड्काको अध्यक्षता र शिक्षक विपिन थापाको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्