६ जेष्ठ २०८१, आईतवार

 

विद्यामन्दिर माविद्वारा आयोजित नृत्य प्रतियोगिता : एभरेष्ट बोर्डिङ स्कुल प्रथम, फ्युचर ब्राइटर द्धितीय, युएस एकेडेमी तृतीय

बागलुङ । विद्यामन्दिर माध्यमिक विद्यालयको ८३ औँ वार्षिकोत्सव एवं अभिभावक दिवसमा  अन्तर विद्यालय स्तरिय नृत्य प्रतियोगितामा आयोजना गरिएको छ ।

प्रतियोगितामा फ्युचर ब्राइटर आवासीय माध्यमिक विद्यालय प्रथम, गुराँस विद्या सदन द्धितीय, धौलागिरिआवासीय माध्यमिक विद्यालय तृतीय र आदर्श विद्यामन्दिर आवासीय माध्यमिक विद्यालय शान्त्वना भएका छन् ।

नृत्य प्रतियोगितामा प्रथम हुनेलाई ७ हजार मेडल र प्रमाणपत्र, द्धितीय हुनेलाई ५ हजार, मेडल र प्रमाणपत्र र तृतीय हुनेलाई ४ हजार, मेडल र प्रमाणपत्र बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धन प्रसाद पोख्रेलले वितरण गर्नु भएको थियो ।

राज्य लक्ष्मी सुनचाँदीका संचालक कविराज सुनारले यस प्रतियोगिताको लागि प्रायोजना गर्नु भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्