२३ बैशाख २०८१, आईतवार

 

गुराँस विद्या सदनले मनायो छैठौं वार्षिकोत्सव (तस्बिरहरु)

बागलुङ । गुराँस विद्या सदनले छैठौं वार्षिकोत्सव एवं अभिभावक दिवस बुधबार मनाएको छ ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद डिल्ली राम सुवेदी, प्रिसियस एकेडेमीका विद्यालय समितिका अध्यक्ष राजन प्रसाद शर्मा, गुराँस विद्या सदनका संचालनक समितिका सदस्य मेजर तेजबहादुृर खत्री, प्याब्सन नगर कार्यसमितिका अध्यक्ष तथा न्यू एभरेष्ट एकेडेमीका प्रिन्सिपल कृष्ण अधिकारी, कोरोना एकेडेमीका प्रिन्सिपल सन्तोष बोहरा, प्याब्सनका बागलुङका जिल्ला अध्यक्ष दल थापा, एन प्याब्सनका जिल्ला अध्यक्ष नेत्र लाल न्यौपाने, प्याब्सनका केन्द्रीय सदस्य नवराज श्रेष्ठ, एन प्याब्सनका केन्द्रीय सदस्य वालकृष्ण शर्मा, नेपाल विद्यार्थी संघ बागलुङका जिल्ला अध्यक्ष विशेष पराजुलीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काको अध्यक्षता, प्रिन्सिपल निशान खड्काको स्वागत र संचालक समितिका सदस्य ओमकार पौडेलको संचालनमा सम्पन्न भएको थियो । सृजनशिल र मौलिक ढंगले अध्यापन हुने भएकोले गुराँस विद्या सदन धेरै विद्यार्थी र अभिभावको रोजाईमा पर्ने गरेको छ ।

तस्बिर दिनेश जिसी

प्रतिक्रिया दिनुहोस्