२३ बैशाख २०८१, आईतवार

 

युएस एकेडेमीले २१ औँ वार्षिकोत्सव मनाउदै

बागलुङ । युएस एकेडेमीले २१ औँ वार्षिकोत्सव मनाउन लागेको छ । विद्यालयले सप्ताहव्यापी कार्यक्रमसहित वार्षिकोत्सव मनाउन लागेको विद्यालयका प्रिन्सिपल अशोक केसीले बताउनु भयो ।

वार्षिकोत्सवको उपलक्ष्यमा विद्यार्थी र शिक्षकहरुले पंचकोटमा सरसफाइ गरेको छ । वार्षिकोत्सवको मुल समारोह फागुण ५ गते हुने भएको छ । वार्षिकोत्सवको उपलक्ष्यमा फुटबल, रसाकस्सी दौड, हिसाब दौड, मोजा पहिरन, ताइ पहिरन, रिबन पहिरन, मेमोरी टेष्ट, पानी भर्ने प्रतियोगिता हुने भएको छ ।

साथै अभिभावकबीच म्युजिकल चियर प्रतियोगिता भएको छ भने ४ गते आधारभुत तहको अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता पनि हुने भएको छ ।

आज विद्यालयमा सरस्वती पुजा पनि सम्पन्न भएको छ । सरस्वती पुजामा २५ जना बालबालिकाले अक्षर सुभारम्भ गरेको विद्यालयका निर्देशक दल थापाले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्