२३ बैशाख २०८१, आईतवार

 

बाल पुस्तकालय स्थापना गर्न एक लाख प्रदान

बागलुङ । समाजसेवी श्याम श्रेष्ठले विद्यामन्दिर पुस्तकालयमा शिशिर हेमन्त स्मृति बाल पुस्तकालय स्थापना गर्न एक लाख रुपैयाँ प्रदान गर्नु भएको छ ।

उक्त रकम समाजसेवी श्याम श्रेष्ठ र केशव श्रेष्ठले विद्यामन्दिर पुस्तकालय बागलुङको ७७ औँ स्थापना दिवसको उपलक्ष्यमा पुस्तकालयका अध्यक्ष राम थापालाई बुधबार हस्तान्तरण गर्नु भएको हो । उक्त रकम बाल पुस्तकालय स्थापना गर्न उपलब्ध गराएको श्रेष्ठले जानकारी दिनु भयो ।

पुस्तकालयमा पाँच वर्षभन्दा माथिका बालबालिकाको लागि पुस्तकालय स्थापना गर्ने काम अगाडि बढ्न लागेको छ । श्रेष्ठले एक लाख एघार हजारको शिशिर हेमन्त स्मृति बाल अक्षय कोष २०७५ सालमा स्थापना गर्नु भएको थियो ।

उक्त कोषको रकमबाट आएको व्याजले बाल विकासमा अध्ययरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण र बाल विकासलाई चाहिने आवश्यक सामानहरु उपलब्ध गराउदै आउनु भएको पुस्तकालयका सचिव राजन प्रसाद शर्माले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्