२३ बैशाख २०८१, आईतवार

 

फ्युचर ब्राइटर आवासीय माविले मनायो ३५ औँ वार्षिकोत्सव

बागलुङ । फ्युचर ब्राइटर आवासीय माध्यमिक विद्यालयले ३५ औँ वार्षिकोत्सव एवं अभिभावक दिवस बुधबार मनाएको छ ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद कृष्ण पाठक, जिल्ला शिक्षा समन्वय प्रमुख युक्त प्रसाद शर्मा , नगर शिक्षा प्रमुख धनप्रसाद पोख्रेल, प्याब्सनका बागलुङका जिल्ला अध्यक्ष दल थापा, एन प्याब्सन बागलुङका जिल्ला अध्यक्ष नेत्र लाल न्यौपाने, विवाईसीका अध्यक्ष तोयानाथ गौतम, अभिभावक हरि सापकोटाले मन्तव्य व्यक्त गरेका थिए ।

विद्यालयका संचालक वालकृष्ण शर्माले स्कुलको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।कार्यक्रममा पूर्व कर्मचारी शान्ती कुमारी सापकोटा र शिक्षक होमनाथ पौडेललाई सम्मान गरिएको थियो । विद्यालयमा विहान ८ बजेदेखि सरस्वती पुजा पनि गरिएको थियो ।

उक्त अवसरमा २० जना बालबालिकाले अक्षर आरम्भ गरेका थिए । कार्यक्रममा विभिन्न प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रम बाल क्लबका अध्यक्ष अमृत थापाको अध्यक्षता, विद्यार्थी निसु रायमाझीको स्वागत र शिक्षक टिका जित पुनको संचालनमा सम्पन्न भएको थियो ।

फ्युचर ब्राइटर आवासीय माध्यमिक विद्यालयलेमा सृजनशिल र प्रयोगात्मक ढंगले अध्यापन हुने भएकोले यो विद्यालय धेरै विद्यार्थी र अभिभावको रोजाईमा पर्ने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्