२३ बैशाख २०८१, आईतवार

 

कालिका कन्या माध्यमिक विद्यालयले मनायो वार्षिकोत्सव

बागलुङ । कालिका कन्या माध्यमिक विद्यालयले वार्षिकोत्सव एवं अभिभावक दिवस बुधबार मनाएको छ ।

कार्यक्रममा नगर शिक्षा प्रमुख धनप्रसाद पोख्रेल, बागलुङ समाज कल्याण केन्द्र काठमाडौंकी अध्यक्ष रसुमिला श्रेष्ठ, शिक्षक लक्ष्मीकान्त शर्मा, सम्मानित शिक्षक हुमा रिजाल, विद्यार्थी रेखा थापा र कुशुल कँडेलले मन्तव्य व्यक्त गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक धनराज सापकोटाले स्कुलको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । विद्यालयमा विहान ८ बजेदेखि सरस्वती पुजा पनि गरिएको थियो ।

कार्यक्रममा विभिन्न प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमसेन कुमार श्रेष्ठको अध्यक्षता, सहयाक प्रधानाध्यापक सुदर्शन कँडेलको स्वागत र शिक्षक वीरबहादुर किसानको संचालनमा सम्पन्न भएको थियो । विसं २०१० सालमा संस्थापक प्रधानाध्यापक चन्द्र कुमारी श्रेष्ठको नेतृत्वमा विद्यालय संचालनमा आएको थियो ।

यस विद्यालयको विकासमा पूर्वप्रधानाध्यापक वालकृष्ण नेवा, पुष्पमान श्रेष्ठ र रत्न श्रेष्ठलगाएत धरै शिक्षासेवीको योगदान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्